Tuesday, January 29, 2008
यातायात बन्द ,पोखरा जाने यात्रु अलपत्र
धादिङबेसी, १५ माघ । निजी गाडीले यात्रु बोक्ने गरेको विरोधमा बस व्यवसायीहरूले धादिङबेसीबाट सञ्चालन हुने सवारी साधनहरू अनिश्चितकालका लागि बन्द गराएका छन् । निजी गाडीले यात्रु ओसारपसार गर्दा बस सञ्चालनमा प्रभाव पार्ने गरेको कुरा प्रशासन समक्ष राख्दा कुनै सुनुवाइ नभएकाले यातायात बन्द गर्नु परेको धादिङ यातायात व्यवसायी सङ्घका कृष्णप्रसाद लम्सालले बताउनुभयो ।यातायात बन्द हुँदा धादिङबेसीबाट काठमाडाँ, नारायणघाट र पोखरा जाने यात्रु अलपत्र परेका छन् । जिल्लाको विभिन्न कच्चीबाटोमा २१ वटा निजी गाडी सञ्चालनमा रहेको बताइएको छ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment