Sunday, January 6, 2008
स्ववियु निर्वाचनलाई मिनी संविधानसभा बनाइनुपर्ने
काठमाडौँ, पुस २१ गते । मिनी संविधानसभा निर्वाचनका रूपमा लिई स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी फागुन १४ गते नै हुनुपर्ने विद्यार्थी सङ्गठनका नेताहरूले बताउनुभएको छ । विद्यार्थीहरूको ताजा जनमत बुझन र चैतमा गर्ने भनिएको संविधानसभा निर्वाचनको माहोल तयारीका लागि समेत सहयोगी हुने भएकाले पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै स्ववियु निर्वाचन हुनुपर्नेमा विद्यार्थी नेताहरूले जोड दिनुभएको छ । त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयमा स्ववियु निर्वाचन आगामी फागुन १४ गते गर्ने पर्ूवघोषित कार्यतालिका छ तर निर्वाचनको औपचारिक निर्ण्र्ााभने विश्वविद्यालयहरूले हालसम्म गरिसकेका छैनन् । तत्काल निर्वाचनको मिति तोकी निर्वाचनका लागि अनुकूल वातावरण बनाउनसमेत विद्यार्थी नेताहरूले विश्वविद्यालयसँग माग गरेका छन् । नेपाल विद्यार्थी स‹का अध्यक्ष प्रदीप पौडेल स्ववियु निर्वाचनलाई मिनी संविधानसभा मानेर त्यसलाई सफल बनाउनुपर्ने बताउनुहुन्छ । निर्वाचनको दर्ुइ महिनाभन्दा कम समय रहँदा पनि विश्वविद्यालयले औपचारिकरूपमा निर्वाचनको घोषणा नगरेकोमा आपत्ति जनाउँदै उहाँले मनोनीत स्ववियु बन्नसक्नेतर्फसजग हुनुपर्ने खाँचो औँल्याउनुभयो । चैतमा हुने संविधानसभाको निर्वाचनको मिति पर्खेर स्ववियु निर्वाचनको मिति घोषणामा विलम्ब गर्न नहुने र विश्वविद्यालयले आफ्नो कार्यतालिकाअनुसार अघि बढ्नुपर्ने उहाँ बताउनुहुन्छ । निर्वाचन परम्परागत रूपमा नै हुनुपर्नेमा र निर्वाचन सफल बनाउने हो भने निर्वाचनको मुखमा आएर समानुपातिकको नारा उठाउन नहुने उहाँले बताउनुभयो । "कुन क्याम्पसमा कुन जातका कति विद्यार्थी छन् भनेर गणना लिने र निर्वाचन गर्ने स्थिति छैन । परम्परागत रूपमा नै निर्वाचन हुनर्ुपर्छ", अध्यक्ष पौडेलले जोड दिनुभयो । स्ववियुका गतिविधिलाई पारदर्शी र जवाफदेही बनाउन क्याम्पसमा सबैको उचित प्रतिनिधित्व हुने गरी 'क्याम्पस सभा' बनाउनुपर्ने प्रस्ताव स‹ले अघि सारेको छ । निर्वाचनका लागि सङ्गठन आन्तरिक तयारीमा समेत जुटेको जानकारी उहाँले दिनुभयो । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का महासचिव हिमाल शर्माले स्ववियु निर्वाचन पर्ूवनिधारित कार्यतालिकाअनुसार फागुन १४ गतै नै हुनुपर्नेमा जोड दिनुभयो । निर्वाचनलाई सङ्गठनले विजयका रूपमा लिएको उल्लेख गर्दै उहाँले स्ववियुमा जान आफूहरू हतारिएको र निर्वाचन आफूहरूका लागि नै भएको बताउनुभयो । सङ्गठनको विजयको सुरूआत भइसकेको दाबी महासचिव शर्माले गर्नुभयो । स्ववियु निर्वाचन विगतकै परम्परागत ढाँचामा हुन नहुने सङ्गठनको अडान छ । उहाँले स्ववियुको निर्वाचन समानुपातिक निर्वाचनप्रणालीअर्न्तर्गत सबै पक्षलाई समेट्ने गरी हुनुपर्नेमा जोड दिनुभयो । आफूहरूले सो प्रस्ताव विश्वविद्यालसँग पनि गरेको र सबैको सहमतिमा त्यसलाई लागू गर्नेसमेत सम्भावना रहेको महासचिव शर्माले बताउनुभयो । समानुपातिक निर्वाचनप्रणालीबाट निर्वाचन भए मात्र स्ववियु प्रभावकारी हुने उहाँको भनाइ थियो । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका महासचिव गोकुल र्घर्तीले संविधानसभाको निर्वाचनमा पर्ूवतालिकाअनुसार हुनुपर्ने उल्लेख गर्दै आफ्नो सङ्गठन त्यसको तयारीमा जुटेको जानकारी दिनुभयो । स्ववियु निर्वाचन समानुपातिकभन्दा पनि समावेशी हुनुपर्छ भन्ने पक्षमा आफूहरू रहेको उहाँले बताउनुभयो । निर्वाचनसम्बन्धी कानुनी व्यवस्था परिवर्तन गरी स्ववियु निर्वाचन गर्न समयले सम्भव नहुने उहाँको भनाइ थियो । युनियनले निर्वाचनमा व्यक्ति लड्ने हालको परम्पराभन्दा सिङ्गो सङ्गठननै निर्वाचन लड्ने र बढी मत ल्याउनेकै नेतृत्वमा स्ववियु निर्माण गर्ने, स्ववियुमा प्रतिनिधित्व गर्ने उम्मेदवारलाई सङ्गठनले निष्कासन गरेमा स्ववियुबाट पनि निजको पद पनि समाप्त हुनुपर्ने कानुनी व्यवस्था हुनुपर्ने माग विश्वविद्यालयसँग गरेको छ । हालको व्यवस्थाअनुसार सङ्गठनले साधारण सदस्यता खारेज गरे पनि स्ववियुमा निर्वाचित भएको व्यक्ति आफ्नो पदमा रहन कुनै बाधा पुर्याउँदैन ।स्ववियु सभापतिलाई बढी अधिकार नदिई कार्यसमितिको निर्ण्र्ाााट काम हुनुपर्ने, युनियनका नाममा उठाइने दस रूपियाँ शुल्क र स्ववियुको खर्चलाई अन्य पारदर्शी बनाउने संयन्त्र विकास हुनुपर्ने सुझाव सङ्गठनले दिएको छ । त्रिभुवन विश्वविद्यालयको विद्यार्थी तथा खेलकुद शाखाका प्रमुख गङ्गाबहादुर थापाले विद्यार्थी सङ्गठनहरूसँगको सहमतिका आधारमा विश्वविद्यालयले स्ववियु निर्वाचनका बारेमा निर्ण्र्ाागर्ने जानकारी दिनुभयो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment