Friday, February 1, 2008

हतियारधारी समूहमा भारतीय अपराधि रहेको एमाले महासचिव माधवकुमार नेपाल

ज्वालासिंह र गोइत जस्ता तराईका हतियारधारी समूहमा भारतीय अपराधि रहेको एमाले महासचिव माधवकुमार नेपालले बताएका छन् ।
एमाले महासचिव माधवकुमार नेपालले तराईका हतियारधारी समूहमा कुख्यात भारतीय अपराधिहरु रहेको बताएका छन् । माघ १८ गते राजधानीमा पार्टीसम्बद्ध नेपाल उत्पीडित जातीय मुक्ति समाजको केन्द्रीय समिति बैठकलाई सम्वोधन गर्दै नेपालले संविधानसभा चुनाव भाड्न र अपराधिक गतिविधि गर्न ती अपराधीहरुले ज्वालासिंह र गोइतजस्ता हतियारधारी समूह प्रयोग गरिहेको पनि उल्लेख गरे । संविधानसभा चुनाव गराउन कमजोर रहेको सुरक्षा ब्यवस्था सुदृढ बनाउनुपर्ने उनको भनाइ थियो ।
पुष ३० देखि माघ १६ सम्म सात ठाउँमा भएका सात दलको संयुक्त सभा सफल भएको कार्यक्रममा महासचिवले बताए । 'बम र बन्दको बीच सभाहरु सफल हुनु सकारात्मक हो' नेपालले भने ।

No comments: