Saturday, February 2, 2008
डाका र प्रहरीबीच फायरिङ, दुई डाका पक्राउ
नेपालगन्ज, १९ माघ । नेपालगन्जको बुलबलिया क्षेत्रबाट गए राति दुई डाकालाई पक्राउ गरिएको छ । सुराकीको आधारमा वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक विनोद शर्माको नेतृत्वमा गएको टोलीले निजामुद्दिन खा र बाबु शाहलाई पक्राउ गरी उनीहरूको साथबाट एक थान पेस्तोल र थ्री नट थ्री बन्दुकको गोलीसहित बरामद गरेको छ । प्रहरी निरीक्षक शर्माका अनुसार, प्रहरी टोलीमाथि डाकाको समूहबाट फायर भएपछि प्रहरीतर्फबाट १३ राउन्ड फायर भएको र त्यसपछि केही डाकाहरु पुर्वतर्फको बाटोबाट भागेका थिए । सो घटनाको छानबिन तथा अनुसन्धान भइरहेको छ भने भागेको डाकाहरुको खोजीका लागि सीमाका नाकाहरुमा सुरक्षा संयन्त्रलाई कडा तुल्याएको प्रहरीले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment