Wednesday, February 6, 2008

१५ वषिर्य बालकले बनाए रोबोट

पोखरा, २३ माघ/तिक्ष्ण दिमाग, कलिला हात । भर्खर आठकक्षामा पढ्ने उनले इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई चुनौती दिएका छन् । १५ वर्षै उमेरमा उद्दार गर्ने रोबोट बनाएपछि उनका सहकर्मी मात्रै नभई विद्यालयका शिक्षक र अभिभावक पनि दंग परेका छन् । रत्नज्योति बोर्डिङ स्कुलमा पढ्ने विद्यार्थी तल्लज बरालले उद्दार रोबोट बनाएका छन् । आठ कक्षामा अध्ययनरत १५ वषिर्य बरालले आफुले बनाएको रोबोट बुधबार विद्यालय प्रागंणमा प्रदर्शनी गरे । झण्डै दुई महिनाको अवधि लगाएर बनाएको उक्त रोबोटले दैवी प्रकोप, अपहरणकारीबाट मुक्त गराउने लगायतमा प्रयोगमा ल्याउन सकिने जानकारी उनले दिए । घरवरिपरी पाइने फालिएका बस्तुहरुबाट उनले एउटा बाकसको सहयोग लिएर उद्दार रोबोट बनाएका हुन् । रोबोटले भूकम्पीय जोखिम, दैवी प्रकोपमा परेका बालबालिकालाई उद्दार गर्न सहयोग पुर्‍याउने प्रदर्शनको क्रममा बताए । 'दैवी प्रकोप र अपरहणकारीबाट बालबालिकालाई छुटाउन सहयोगसिद्ध हुने छ ।' उनले भने । उनका अनुसार रोबोट भित्र स्पिकर राखिएको छ । स्पीकरले अपहरणकारीलाई चेतावनी दिन्छ । चेतावनीपछि अर्को रोबोट निक्कन्छ । त्यही क्रममा रोबोटमा बच्चलाई सकुशल रुपमा ल्याई सुरक्षित स्थानमा राख्दछ । 'रोबोटमा १६ वटा फङ्गसन छन् ।' उनले भने । उनले दैवी उद्दारको लागि रोबोटमा डोजर,काट्ने सामान, प्वाल पार्ने डि्रल अनि फोर्ने घनको समेत जडान गरेका छन् । उनले रोबोट बनाउन १५ हजार भन्दा बढी खर्च लागेको जानकारी दिए । को यो तेस्रो रोबोट हो । यसअघि उनले फुटबल खेल्ने रोबोट र भीड नियन्त्रण गर्ने रोबोट बनाएर प्रदर्शनी गरेका थिए । उनले बनाएका रोबोटहरु गएको मंसिरमा पोखराको नयाँबजारमा भएको राष्ट्रिय औद्योगिक व्यापार मेलामा समेत प्रदर्शनीमा राखिएको थियो । पर्ढाईसँगै रोबोट बनाउन तल्लिन तल्लज बरालले निकट भविष्यमा रोपाई गर्ने रोबोट बनाउने लक्ष्य राखेका छन् । असारको समयमा उनले रोपाई गर्ने रोबोट तयार पार्ने योजना बनाएको जानकारी दिए । रोबोट बनाउन विद्यालय र अभिभावकले सहयोग गर्दै आएका छन् ।

No comments: