Saturday, February 16, 2008

आज पनि बन्दको प्रभाव उस्तै

१६ फेब्रुअरी, ०८ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको अनिश्चितकालिन तराइ बन्दको चौथोदिन आज पनि तराइको जनजीवन प्रभावीत बनेको छ । बजारमा दैनि उपभोग्य बस्तुको अभाब हुनथालेपछि जनजीबन थप कस्टकर बन्दै गएको छ । बन्दले चौथो दिनसम्म यातायात, बजार, पसल, शैक्षिक संस्था संचालनमा आएका छैनन् । आन्दोलनकारीहरुले तराइका बिभिन्न ठाँउका सडकमा अबरोध गरेका छन् ।बन्द खोल्न पहल नभएपछि स्थानीयबासीले बन्दको अबज्ञा थालेका छन् । यसैबीच हिजो कपिल बस्तुमा बन्दको अबज्ञा गर्दै बिशाल जनप्रदर्शन भएको छ । सर्बसाधारणले प्रदर्शन गर्न थालेपछि बन्द कर्ता र सर्बसाधारबीच झडप हुने आशंकाले सथानीय प्रसासनले निषेधाज्ञा जारी गरेको छ । यसैगरी पूर्वमा पनि मोरंगको लेटांग, झापाको गौरादह, टाघनडुब्बा लगायतका र्सबसाधारणले बन्द अबज्ञा गर्ने निर्णयगरेका छन् ।

No comments: