Wednesday, February 27, 2008

दीपेन्द्र र नीराजनका शेयर ट्रस्टमा राखिने

काठमाडौं, फागुन १४ - दीपेन्द्र र नीराजन शाहको मृत्युपछि अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी देवीमा नामसारी भएका शेयर नेपाल ट्रस्टमा राख्ने प्रक्रिया थालिएको छ । गृहमन्त्री कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा मंगलबार बसेको बैठकले त्यसको व्यवस्था मिलाउन राष्ट्र बैंक र नेपाल औद्योगिक विकास निगमलाई निर्देशन दिएको छ । नबिल बैंकका ४० हजार ९ सय ५० र निगमका ६ हजार ७ सय ५० कित्ता शेयरको नामसारी अर्थ मन्त्रालयमार्फ राष्ट्र बैंक र उद्योग मन्त्रालयमार्फ निगमलाई निर्देशन दिइएको हो । यो बैंकको हालको बजार मूल्य प्रतिशेयर ४ हजार रुपैया“ छ । यो काम ट्रस्ट ऐन २०६४ को दफा ४ को उपदफा -२) र -४) बमोजिम गर्न लागिएको हो ।

No comments: