Monday, February 11, 2008

'सुजातालाई टिकट नदिनु मेरो गल्ती'

नया“दिल्ली, माघ २७ - छोरी सुजातालाई २०५६ सालको निर्वाचनमा टिकट नदिनु 'ठूलो गल्ती' भएको प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आत्मवृत्तान्तमार्फ व्यक्त गरेका छन् ।
दिल्लीको प्रगति मैदानमा भएको विश्व पुस्तक मेलामा पहिलोचोटि कोइरालाको आत्मवृत्तान्त र्सार्वजनिक भएको छ । पुस्तकको नाम हो- 'जीपी कोइरालाको नेपालमा प्रजातन्त्रका लागि संर्घष्ा' । यो कोइरालाको बायोग्राफी हो ।
पुस्तकमा कोइरालाले छोरी सुजाताप्रति ठूलो आशा राखेका
छन् । उनले 'छोरीमाथि त्यस्तो गल्ती कहिले नदोहोर्‍याउने' पनि बताएका छन् । किताब कोइरालाको निकट रही काम गरेका दिल्ली विश्वविद्यालयका रिडर डा. परमानन्दले लेखेका हुन् । पुस्तकको अन्तर्वार्ता खण्डमा कोइरालाले आफ्नो परिवार, राजशाही, सहकर्मीलगायतबारे उत्तर
दिएका छन् ।
'विगतलाई हर्ेदा, उनलाई सन् १९९९ -२०५६) को संसदीय चुनावमा टिकट नदिनु मेरो ठूलो गल्ती थियो,' उनले भनेका छन्- 'म निश्चित छु, उनले त्यसबेला चुनाव जित्ने थिइन् । उनलाई टिकट नदिने मेरो निर्ण्र्ााअघिल्लो निर्वाचनमा गणेशमानजीकी धर्मपत्नी मंगलादेवी र सुपुत्र प्रकाशमान सिंहको पराजय थियो ।'
सन् १९७५ देखि कोइरालालाई नजिकबाट नियाल्दै आएका परमानन्दले पुस्तकमा कोइरालाको बाल्यकालदेखि शिक्षा, राजनीतिक जीवन हु“दै दोस्रो जनआन्दोलन र त्यसपछिको सात दलको प्रधानमन्त्रीसम्मको समय समेटेका छन् ।
औपचारिक विमोचनबिनै पुस्तक दिल्लीको मेलामा राखिएको हो । 'सुजाता समझदार, जिम्मेवार, गम्भीर र मिहिनेती व्यक्ति हो,' कोइरालाले भनेका छन्- 'सुजाता राजनीतिमा धेरै इच्छुक छिन् । उनले सामाजिक कार्य सुरु गरिन् । त्यहा“ रह“दा उनले राजनीतिको महत्त्व महसुस गरिन् । जनताको तहमा काम गर्दा सफलता पाइन् । त्यसले राजनीतिमा प्रभावकारी हुन सहयोग गरेको छ र गर्नेछ ।'
नेपालको इतिहासमा अझै पनि उचित सम्मान कोइरालाले पाउन नसकेको विश्लेषण गर्ने लेखकले कोइराला परिवार, राजा त्रिभुवनदेखि ज्ञानेन्द्रसम्म, गणेशमान सिंह, कृष्णप्रसाद भट्टर्राईलगायत सहकर्मीबारे सोधिएका प्रश्नहरूको विशेष स“गालोसमेत राखेका छन् ।
प्रकाशकले पुस्तकको अर्डर आउन थालेको बताए । 'पा“च कपीमात्र ल्याएको थिए“, अब छिट्टै नेपालसमेत पठाउनेछु,' मेलामा उक्त पुस्तक राख्ने एड्रोइट पब्लिर्सस -दिल्ली) का डीके शर्माले कान्तिपुरलाई भने ।
एक सय ६१ पेजको किताबमा कोइरालाले कृष्णप्रसाद भट्टर्राईलाई चतुर र 'मेनिपुलेटिभ' नेताको संज्ञा दिएका छन् भने गणेशमान सिंहलाई महान् नेता भनेका छन् ।
राजा वीरेन्द्रस“ग माओवादीविरुद्ध सेना परिचालनको विषयमा विवाद भएको सर्न्दर्भ कोट्याउ“दै कोइरालाले आफू सेना परिचालनको पक्षमा रहेको तर राजा भने विपक्षमा रहेको बताएका छन् । 'सेना परिचालन नभए राजदरबार पनि कुनै रूपमा संलग्न भएको सन्देश जान्छ भनेर मैले जोड दिएको थिए“,' उनले भनेका छन् । राजा ज्ञानेन्द्र बढी महत्त्वाकांक्षी र कम विश्वसनीय भएको भन्दै प्रधानमन्त्री कोइरालाले राज्य सञ्चालन कलाबारे पनि उनलाई केही थाहा नभएको बताएका छन् ।

No comments: