Sunday, February 24, 2008

अनुलाई पोखरा मिस टिनको ताज


पोखरा, १२ फागुन/एयर होस्टेज बन्ने लक्ष्य लिएकी अनु ढकालले पोखरा मिस टिन २००८ को ताज पहिरिएकी छिन् । शनिबार राती अबेर सम्पन्न प्रतियोगितामा १२ प्रतिस्पर्धीलाई उछिन्दै उनले ताज पहिरिएकी हुन् । 'नेपाललाई शान्ति क्षेत्र बनाउन के गर्नुपर्छ -' निर्णायकले अन्तिम प्रतिस्पर्धीहरुलाई राखेको यो प्रश्नमा अनुले छोटो र सटिक जवाफ दिइन् । मुखले मात्रै शान्ति भन्न छाडेर प्रत्येक नागरिकले आफैबाट शान्ति र सदभावको व्यवहार गर्ने हो भने मुलुकमा दिगो शान्ति हुन्छ ।' भन्ने छोटो तर महत्वपुर्ण जवाफ दिएकी थिइन् । मानविकी संकायतर्फ ११ कक्षामा अध्ययनरत उनको उत्तरले निर्णायक माधव शर्मा, दिपेन्द्र श्रेष्ठ, कवि रमेश श्रेष्ठ, अधिवक्ता सारंगा सुवेदी लगायतले उनलाई मिस टिन घोषणा गर्न कन्जुस्याँइ गरेनन्। ताजसँगै उनले एक वर्षो निशुल्क एयर होस्टेज अध्ययन गर्न पाउने भएकी हुन् । उनलाई योर्स एजुकेशन एकेडेमी चिप्लेढुगाले ३६ हजार रुपियाँ बराबरको निशुल्क शिक्षा प्रदान छ । मिस टिनको उपाधिसहित उनले १० हजार रुपियाँ नगदसमेत हात पारिन् । कर्मचार्य ग्रुपको एग्रिनो फुड गे्रन्स प्रालिले उनलाई पुरस्कृत गरेको हो । एक महिनाको लामो समयावधिको तालिम पछि पोखरा सभागृहको र्‍याम्पमा उत्रिएका १३ जना प्रतिस्पर्धीमा शर्मिला गुरुङ फष्ट रनर अप तथा सविता गुरुङ सेकेण्ड रनर अप भइन् । द राइट आर्म इन्टरनेशनल प्रालिको आयोजनामा सञ्चालित उक्त प्रतियोगितामा रिता गुरुङले बेष्ट पर्फेन्सको उपाधि जितिन् । यसैगरी अनिता पुनलाई मिस क्वाट वाक, शर्मिला थापालाई मिस चार्मिङ, उपमा प्रधानलाई मिस बेष्ट स्माइलिङ, लक्ष्मी गुरुङ मिस पर्सनालिटीबाट पुरस्कृत गरिएको थियो । दर्शकको रोजाइमा भने भारती गुरुङ परिन भने बेष्ट युनिक अवार्ड रेखा पुरीलाई प्रदान गरियो । द राइट आर्म इन्टरनेशनल प्रालिले गएको माघ १० गते २५ जना युवतीहरुलाई विभिन्न अडिसन गर्दै मिस टिनको लागि छनोट गरेको थियो । एक महिनाको तालिम अवधिमा केवल १३ जनामात्रै उपस्थिति जनाएपछि उनीहरुलाई मात्रै र्‍याम्पमा उत्रिएका थिए । कार्यक्रममा जबिकले आखाँ भरी आसुँ किन र मेरो हिजोआज गीत प्रस्तुत गरेका थिए । त्यसैगरी उज्जवल भण्डारीले याद त्रि्रो साँची, विमल पराजुलीले तगारो छेउ आएरपनि आँगनै टेकिनौं नेपाली तारा ३ का उत्कृष्ट पाँचौमा पर्न सफल पोखरेली युवराज तिवारी लगायतले सांगितीक माहौल सृजना गरेका थिए । बीच बीचमा प्रस्तुत गरिएको नृत्यले पनि कार्यक्रमलाई थप रौनकता बनाएको थियो

No comments: