Monday, February 11, 2008

पाल्पामा बस दुर्घटनाहुदा ३ को मृत्यु

११ फेब्रुअरी, ०८ । पाल्पाबाट बुटवल जादै गरेको लु.१ ख १३६५ नम्बरको बस आज दोभान गाउँबिकास समितिको झुम्सा नजिकै दुर्घटना हुदा ३ जनाको ज्यान गएको छ । दुर्घटनामा परि १३ जना घाईते भएका छन । घाईते सबैको लुम्बिनि अचंल अस्पताल बुटबलमा उपचार भैरहेको छ । घाईते मध्ये ६ जनाको अबस्था गम्भिर रहेको दोभान प्रहरी चौकिले जनाएको छ । बिहान करिब १० बजे भएको दुर्घटनामा परि मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।

No comments: