Friday, February 22, 2008

दुई माना पुराना मुद्रा चोरी

नुवाकोट, १० फागुन । मदानपुर- १ पाँचमूलेका अमरबहादुर गुरुङको घरबाट गए राति दुई माना पुराना मुद्रा चोरी भएको छ । रातको समयमा चार जनाको सङ्ख्यामा आएको लुटेरा समूहले गुरुङको घरमा रहेको दुई तोला सुन र नगद रु. दुई हजार ५०० समेत चोरी गरेको जिल्ला प्रहरी कार्यालय, नुवाकोटले जनाएको छ । गाउँलेले चोरीमा संलग्न रहेकाहरुको पहिचान गरिसकेका र पाँचमूलेका सुरज तामाङ र प्रकाश तामाङलाई आज बिहान समातेका छन् भने चोरीमा संलग्न अर्का राजकुमार तामाङ भने फरार रहेका गुरुङले जानकारी दिएका छन् । समातियका व्यक्तिहरु १५-१६ वर्षा किशोर रहेको बताइएको छ । गाउँलेले आजै उनीहरुलाई प्रहरीको जिम्मा लगाएका छन् । गुरुङको चोरी भएका पुराना मुद्राहरु भने फिर्ता हुन नसकेको बताइएको छ ।

No comments: