Tuesday, February 12, 2008
यसैवर्षपोखरामा क्षेत्रीय विमानस्थल निर्माण कार्य शुरु गरिने
पोखरा, २९ माघ/जग्गा अध्रि्रहणको तीनदशकपछि पर्यटकीय पोखरामा क्षेत्रीयस्तरको विमानस्थल बन्ने भएको छ । जग्गाको मुअब्जा विवाद अन्त्य भएपछि विमानस्थल बन्ने भएको हो । पोखरामा क्षेत्रीय विमानस्थल बनाउन २०३२ सालमा तत्कालिन छिनेडाँडा गाविसमा ३१ सय ६ रोपनी जग्गा सरकारले अध्रि्रहण गरको थियो । अध्रि्रहण जग्गा मध्ये २८ सय ६२ रोपनीकेा मुअब्जा वितरण गरिसकिएको थियो ।२९ सय २० रोपनीमा बाँकी रहको ५७ रोपनीको जग्गाको मुअब्जा दिन बाँकी थियो । बाँकी रहको जग्गाको मुअब्जा सम्बन्धीत जग्गाधनीले लिन सहमति जनाएपछि विमानस्थल बनाउन ढोका खुलेको हो । मुअब्जा विवादै कारण विमानस्थल बनाउने काम तीनदशकदेखि अलपत्र परको थियो । यमबहादुर कार्की, खिमबहादुर कार्की लगायत तीनजनाको उक्त ५७ रोपनीको जग्गाको मुअब्जा दिन बाँकी छ । उनीहरुले सरकारले आवश्यक मुअब्जा दिनेभएपछि विवाद सुल्भिmएको हो । मुअब्जा लिन सहमति भएपछि सरकारले विमानस्थल बनाउने कार्य अगाडि बढाएको छ । पर्यटकीय गन्तव्यस्थल बनेको पोखरामा विमानस्थल निर्माणले पर्यटन पर््रवर्द्धनमा थप टेवा पुग्ने विश्वास पर्यटन व्यवसायीले गरेका छन् । जग्गाको विवाद अन्त्य भएपछि सरकारले अर्थमन्त्रालयबाट आवश्यक बजेट निकासा गरी विमानस्थल निर्माण कार्य शुरु गर्ने जनाएको छ । 'विमानस्थल निर्माणको लागि अर्थ मन्त्रालयबाट बजेट निकास गर्न पहल गर्ने प्रतिबद्धता जनाउछु ।' सस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री पृथ्वी सुब्बा गुरुङले भन्नुभयो । उहाँले विमानस्थल बनाउन स्वदेशी र विदेशी दुइ कम्पनीले विमानस्थल बनाउन चासो दिएको जानकारी दिनुभयो । 'एक नेपाली र अर्को यर्र्एइको कम्पनीले चासो देखाएका छन् ।' उहाँले भन्नुभयो-'उनीहरुले सरकार समक्ष निवेदन समेत दिइसकेका छन् ।' मन्त्री गुरुङले पोखरामा अन्तराष्ट्रियस्तरको बनाउन नसकिने जनाउँदै सरकारले यसैवर्षेखि निर्माण कार्य शुरु गरिने बताउनुभयो । विमानस्थल बनाउन सरकारले २०६१ भदौमा सस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रलायले टेण्डर समेत आहृवान गरेको थियो । लामो समयदेखि मुअब्जा विवाद सुल्झाउन एमाले नेता खगराज अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । कार्यदलले एकमहिनाको अवधिमा जग्गाधनीहरुको प्रत्यक्ष भेटघाट गरी तयार पारको प्रतिवेदन मन्त्रीलाई बुझाइएको छ । 'यसैवर्षनिर्माण कार्य गर्नुपर्छ, प्रंतिवेदनमा त्यही उल्लेख छ ।' संयोजक अधिकारीले भन्नुभयो । उहाँका अनुसार प्रतिवेदनमा पर्ुवपश्चिम तीनकिलोमिटर धावनमार्ग, मध्यस्तरका जेट विमान समेत सञ्चालन हुने, आवश्यक भौतिक पुर्वाधार जडान गर्न सके रात्रीमा समेत उडान सञ्चालन हुने लगायत समग्र पोखराको पर्यटन विकासको टेवा पुग्ने उल्लेख गरिएको छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment