Saturday, February 2, 2008

संविधानसभाको विकल्प छैन-एमाले नेता शर्मा

बागलुङ, १९ माघ । नेकपा -एमालेका वैकल्पिक केन्द्रीय सदस्य रामजीप्रसाद शर्माले संविधानसभा निर्वाचनको विकल्प नरहेको बताउनुभएको छ ।नेकपा -एमाले गाउँ पार्टीक्रिय दल दुदिलाभाटीले आयोजना गरेको जनसभामा बोल्दै उहाँले तोकिएको मिति चैत्र २८ मा नै संविधानसभाको निर्वाचन हुनेछ भन्नुभयो । निर्वाचन नभएमा जनताका शत्रुले फाइदा लिने र देश अराजकतामा जाने उल्लेख गर्दै नेता शर्माले निर्वाचनका लागि सबै दल एकढिक्का भएर अघि बढ्नुपर्छ भन्नुभयो । नेकपा -एमाले जिल्ला सचिव जनक पौडेलले संविधानसभा निर्वाचनविरुद्ध लाग्नेहरुलाई पराजित गर्दै सात दलअघि बढिरहेको बताउनुभयो । दिलबहादुर खत्रीको सभापतित्वमा भएको सो कार्यक्रममा सो पार्टी क्षेत्रीय इन्चार्ज नरबहादुर थापा, इलाका सचिव कुलबहादुर केसी, नेकपा -एकीकृतका बलबहादुर गुरुङलगायतले तोकिएको मितिमा नै संविधानसभाको निर्वाचन गर्नेतर्फलाग्नु पर्नेमा जोड दिनुभएको थियो । जनसभापछि आयोजित भेलाले तेजीन्द्रबहादुर केसी सचिव रहेको ११ सदस्यीय गाउँ पार्टी कमिटी पनि गठन गरेको छ ।

No comments: