दार्चुला, फागुन १ - पर्ूवसूचना तथा सञ्चार राज्यमन्त्री दिलेन्द्रप्रसाद बडुमाथि आक्रमणमा संलग्न दर्र्ुइर्लाई पक्राउ गरिएको विरोधमा माओवादीले लटिनाथ प्रहरी चौकी घेराउ गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका अनुसार उनीहरूले चौकीको पर्खाल भत्काएका छन् । प्रहरीस“ग झडपसमेत भएको छ । उनले दिनभरि प्रहरीले हवाई फायर गरेर आफ्नो सुरक्षा गरिरहेको बताए ।
बुधबार बिहानैदेखि माओवादीले विरोध पर््रदर्शन पनि गरेको बोहराले बताए । उनका अनुसार घेराउ गर्न गुल्जर, तपोवन, रोदी, लटिनाथ गाविसबाट तीन हजारभन्दा बढी र्सवसाधारण, विद्यार्थीलाई दबाब दिएर ल्याइएको हो ।
सा“झ अबेरसम्म चौकी घेराउको स्थिति रहेको डीएसपी डिल्लीराज विष्टले बताए । उनका अनुसार लटिनाथ चौकीमा ६० जना सुरक्षाकर्मी तैनाथ छन् । प्रहरीले संयमता अपनाइरहेको भए पनि घटनाले जुनसुकै मोड लिन सक्ने अवस्था छ । सुरक्षाकर्मीले पकाएर राखेको खानासमेत माओवादीले फालिदिएको बोहराले बताए ।
उनीहरूले चौकीमा खानेपानीको पाइपसमेत काटिदिएका छन् । सुरक्षाकर्मीलाई खाद्य सामग्री उपलब्ध नगराउन माओवादीले लटिनाथ बजारका व्यापारीलाई उर्दी दिएको बोहराले बताए ।
विद्यार्थी रिहा नगरे जेसुकै गर्ने माओवादी धम्की छ । प्रहरी चौकी सदरमुकाम खलंगाबाट दर्ुइ दिनको पैदल दूरीमा छ । चौकीभित्र खाद्य सामग्री अभाव छ । बस्ने व्यवस्थासमेत राम्रो नभएको र बत्ती नभएको प्रहरी निरीक्षक नृपबहादुर शाहले बताए ।
खलंगामा समेत माओवादीले पर््रदर्शन गरेका थिए । घटनाबारे छलफल गर्न जिल्ला प्रशासन कार्यालयमा र्सवदलीय बैठक बसेको थियो । बैठकमा माओवादी, कांग्रेस, एमाले र जनमोर्चाका नेताको उपस्थिति थियो । स्थिति शान्त पार्न सबै दलसित छलफल गरिए पनि माओवादीले दुवै विद्यार्थी नछोडेसम्म सहमतिमा नआउने भनेको बोहराले बताए । माघ २२ गते लटिनाथ गाविस-७ रिल गाउ“मा भएको घटनामा थ्रीनट थ्री राइफल, राइफल र सञ्चारसेट लुटिएको थियो ।
Thursday, February 14, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment