दार्जिलिङ, फागुन ११ - 'गोर्खाल्यान्ड' आन्दोलनक्रममा चार दिनदेखि आह्वान गरिएको बन्दका कारण दार्जिलिङ क्ष्ँेत्रको जनजीवन कष्टकर भएको छ । नेपालीभाषीको प्रतिनिधित्व गर्ने गोर्खा जनमुक्ति मोर्चा
-गोजमुमो) ले गरेको बन्दका कारण दार्जिलिङ, कालेम्पोङ र खरसाङ क्ष्ँेत्र प्रभावित भएको हो ।
भारतको केन्द्र र पश्चिमबंगाल सरकारलाई दबाब दिन गोजमुमोले बुधबारदेखि गरेको बन्दले सवारीसाधन चलेका छैनन् । गोजमुमोले शनिबार बिहान १० देखि अपराह्न २ बजेसम्म दार्जिलिङ बजार खुला गरे पनि त्रासका कारण सबै उपभोक्ताले मालसामान खरिद गर्न नपाएको विपक्षी
पार्टर्ीी नेताहरूले बताए । सवारीसाधन नचल्दा अत्यावश्क काम
परेका यात्रुसमेत गन्तव्यमा पुग्न पाएका छैनन् ।
'गोर्खाल्यान्ड' राज्य माग्दै सातादेखि भोक हडतालमा बसेकाहरूको स्वास्थ्यस्थिति नाजुक बन्दै गएको छ । दार्जिलिङ डिस्टि्रक मजिस्ट्रेट कार्यालय परिसरमा शनिबारसम्म भोकहडताल बस्नेको संख्या ४० नाघेको मोर्चाले जनाएको छ ।
Sunday, February 24, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment