मोरङको विराटनगरमा बन्दको क्रममा प्रहरी र प्रदशनकारी विचको झडप पछि उत्पन्न तनाव नियन्त्रका लागी स्थानिय प्रशासनले अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ ।
भोली विहान ११ वजेदेखी विराटनगरको टङ्के सिनौल देखि, रानी, राजमार्गको २ किलोमिटर आसपासको क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको प्रशासनलाई उद्रित गर्दै प्रहरीले जनाएको छ ।
त्यस अघि प्रदशनकारी र प्रहरी विच महाविर चोकमा करिव दुई घण्टा सम्म दोहोरो झडप भएको थियो । झडपका क्रममा २५ जना प्रदशनकारी घाईते भएका छन् भने सुरक्षाकर्मी तर्फ ५ प्रहरी पनि सामान्य घाईते छन् । प्रदशनकरीले स्थानिय शानिमन्दिर अगाडी एउटा एम्बुलेन्स तोडफोड गरे । प्रदशनकारीले को १ झ २७१७ न को सो एम्बुलेन्सको सिसा तोडफोड गरेका हुन ।
तोडफोडको विरोधमा चालकहरुले सो क्षेत्रमा आन्दोलन तेर्साएर अवरुद्व गरेका थिए । अस्ति अपराहान्न प्रहरीको गोली लागी एक सर्वसाधरणको म्रितु पछि तनाव ग्रस्त बनेको नेपालगञ्जमा स्थानिय प्रशासनले ३ घण्टालाई खुकुलो पारेको कर्फ्यु पुन जारी गरेको छ । कर्फ्यु अनिश्चितकालका लागी जारी गरिएको प्रशासनले जनाएको छ ।
Tuesday, February 19, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment