Friday, February 29, 2008

अन्य देशका प्रहरीको तुलनामा नेपाली प्रहरी पनि उत्तिकै सक्षम

काठमाडौँ, १७ फागुन । इन्टरनेसनल क्रिमिनल पुलिस अर्गनाइजेसन -इन्टरपोल) को कार्यालयमा अब नेपाल प्रहरीका अधिकृत रहने भएका छन् । नेपाल भ्रमणमा आउनुभएका इन्टरपोलका महासचिव रोनाल्ड के नोबलले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिनुभएको हो । उहाँले विश्वकै दोस्रो ठूलो आपराधिक घटना मानिएको मिर्गौलाको अवैध व्यापार गर्ने डा. अमितकुमार अग्रवाललाई इन्टरपोलले 'रेर्डकर्नर नोटिस' जारी गरेको केही दिनभित्रै नेपाल प्रहरीले पक्राउ गरेकोमा खुसी व्यक्त गर्नुभयो । यस घटनाले नेपाल प्रहरीको अनुसन्धान क्षमता प्रशंसनीय रहेको उल्लेख गर्दै विश्वका अन्य देशका प्रहरीको तुलनामा नेपाली प्रहरी पनि उत्तिकै सक्षम रहेको बताउनुभयो । महासचिव नोबलले आजै बिहान प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भेटी नेपाल प्रहरीलाई अझ सक्षम बनाउन तालिम, प्रशक्षिण र साधन सम्पन्न गर्नुपर्ने बताउनुभयो । उहाँले अवैध मिर्गौला व्यापार गर्ने डा. अमितकुमारलाई भारतमा सुपर्ुदगी गरिएको विषयमा पत्रकारद्वारा सोधिएको प्रश्नमा उहाँले नेपाल भारतबीचको उच्च सम्बन्ध रहेको हुँदा एक देशले पक्राउ गरेको अपराधीलाई अर्को मुलुकमा सुपर्ुदगी गरेको विषयलाई विवादमा ल्याउन नहुने धारणा व्यक्त गर्नुभयो । हाल इन्टरपोलमा विश्वका १८५ देश सदस्य रहेका छन् । महासचिव नोबलसँगै इन्टरपोलका चिफ अफ सबरिजनल ब्यूरो पानास्पोङ सिरावाङसेससमेत नेपालको भ्रमणमा हिजो काठमाडौँ आउनुभएको थियो ।

No comments: