Wednesday, February 13, 2008

ऋण तिर्न नसकेपछि आत्महत्या

१४ फेब्रुअरी, ०८ । उदयपुरको त्रियुगा नगरपालिका-१५ खाटमन्दिरकी ४५ वर्षीय जानुका दनुवारले ब्याङ्कबाट लिएको ऋण तिर्न नसकेपछि आत्महत्या गरेकी छिन् ।स्वावलम्बन विकास ब्याङ्कबाट लिएको २० हजार रुपैयाँ ऋण तिर्न नसकेपछि मङ्गलबार नाम्लोको पासो लगाएर उनले आत्माहत्या गरेको प्रहरीको अनुसन्धानले जनाएको छ । मृतक दनुवारका छोरा नेपाली सेनामा रहे पनि छोराको कमाईबाटसमेत ऋण तिर्न नसक्दा आत्माहत्या गरेको जनाइएको छ ।ऋण तिर्ने अन्य उपाय नदेखेपछि जानुकाले घर नजिकैको जङ्गलमा पासो लगाएर आत्माहत्या गरेको प्रहरीले जनाएको छ । मृतकको शव बुधबार जिल्ला अस्पताल उदयपुरमा पोष्टमार्टम गरी आफन्तले जिम्मा लिएको अस्पताल स्रोतले जनाएको छ ।

No comments: