Monday, February 18, 2008

पा“चौं दिन पनि तर्राईको जनजीवन कष्टकर

काठमाडौं, फागुन ५ - अनिश्चितकालीन बन्दको पा“चौं दिन पनि तर्राईको जनजीवन कष्टकर भएको छ । यस क्रममा कतिपय जिल्लामा प्रहरी र पर््रदर्शनकारीबीच झडप भएको छ ।
बन्दका कारण तर्राईमा यातायात ठप्प छ । व्यापार- व्यवसाय र कलकारखाना चल्न सकेका छैनन् । स्कुल-क्याम्पसमा पढाइ अवरुद्ध छ । अस्पतालहरू बन्द हु“दा बिरामीले उपचार पाएका छैनन् ।

तर्राई बन्दका कारण त्यहा“बाट खाद्यान्न पुग्ने पहाडी जिल्ला ताप्लेजुङमा खाद्यान्न अभाव भएको छ । कतिपय ठाउ“मा आन्दोलनकारीले समाचार नछापेको भन्दै पत्रिका जलाएका छन् ।

No comments: