Monday, February 11, 2008
तीन ठूला दलको भण्डाफोर गरिने
११ फेब्रुअरी, ०८ । प्रमुख सात राजनीतिक दलभित्रकै एक घटक सदभावना आनन्दीदेवीको एक समूहले भण्डाफोर अभियान सञ्चालन गर्ने भएको छ । सात दल अझ खास गरी तीन ठूलादल नेपाली कांग्रेस, नेकपा माओबादी र नेकपा एमालेको गतिविधि गलत भएको भन्दै फागुन २ गतेबाट जिल्ला जिल्लामा सो अभियान शुरु गरिने आनन्दीदेवीका वरिष्ठ उपाध्यक्ष खुशीलाल मण्डलले बताएका छन् । आज बिहान इमेज एफएमसंग कुराकानी गर्दै उपाध्यक्ष मण्डलले दोष जति मधेसलाई दिएर खास गरी तीन ठूला दल संबिधानसभाको निर्बाचन नभईदिए हुने भन्ने मानसिकतामा रहेको आरोप लगाए । सातदलको संयुक्त सरकारले तराईलगायत जनजाति अल्पसंख्यक वर्गको मागलाई सम्बेदनशील ढंगले नलिएको एवं समस्या समाधान गर्नतर्फ ध्यान नदिएकाले पार्टीबाट कारबाहीमा परेका उद्योग मन्त्री श्यामसुन्दर गुप्तालाई सरकारबाट नहटाएको भनी भण्डाफोर गरिने मण्डलले बताएका छन् । भण्डाफोर अभियानबाट पनि सातदलको सरकारले केही सुनुवाइ नगरे ४ गते बस्ने पार्टीको विस्तारित बैठकबाट थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment