लोकतान्त्रिक आन्दोलनमा निष्क्रीय बसेकालाई संविधानसभा निर्वाचनमा उम्मेदवार बनाएको भन्दै रौतहटको क्षेत्र नम्बर ६ का कांग्रेस क्षेत्रीय सभापति अजयकुमार साह र महाधिवेशन प्रतिनिधि नेपाल कार्कीसहितका दुई हजार कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।
उनीहरुले शुक्रबार बिहान एक पत्रकार सम्मेलन गरी क्षेत्रीय कमिटिले सिफारिस नगरेका उद्धव ढकाललाई केन्द्रीय समितिले टिकट दिएको भन्दै पदबाट राजीनामा दिएको बताएका हुन् ।
क्षेत्रीय सभापति अजयकुमार साहले जनआन्दोलनमा एक दिन पनि नहिडेका व्यक्तिलाई उम्मेवार बनाएकाले राजीनामा दिएको बताएका छन् । क्षेत्रीय अध्यक्ष लगायतका पदाधिकारीहरुले गाउँ गाउँमा गएर राजीनामा पत्रमा हस्ताक्षर अभियान थालेका छन् ।
यता कांग्रेस रौतहटका उपसभापति गम्भिराप्रसाद निरालासहित ६ जना सक्रिय कार्यकर्ताले पार्टी परित्याग गरी मधेशी जनअधिकार फोरममा प्रवेश गरेको घोषणा गरेका छन् ।
Friday, February 29, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment