Monday, February 11, 2008
सुजाता र कटुवाल माओबादीलाई टुक्राउन लागि परेका छन
नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफ्नो पार्टी टुक्र्याउन बिनाविभागीय मन्त्री सुजाता कोईराला र नेपाली सेना प्रमुख रुक्माङगत कटुवाल लागि परेको आरोप लगाउनु भएको छ। अध्यक्ष प्रचण्डले संविधानसभा निर्वाचन भाँड्नका लागि पनि बिनाविभागीय मन्त्री सुजाता कोइराला र सेना प्रमुख रुक्मागंत कटुवाल खुलेर लागेको आरोप लगाउनु भयो। आज राजधानीमा अखिल नेपाल सुकुम्वासी संघको पहिलो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले माओवादीलाई टुक्र्याउन विदेशी शक्तिहरुसमेत सक्रिय रुपमा लागेको दाबी गर्नुभयो। उहाँले मधेसका जनताले संविधानसभा निर्वाचन चाहेको भन्दै मधेसका नाममा निर्वाचन भाँड्न राजावादीहरु तीव्र रुपले लागि परेका छन् भन्नु भयो । केही दिन पूर्व दार्चुलामा नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुमाथि भएको आक्रमणमा आफ्ना कार्यकर्ताको हात नरहेको दाबी गर्दै अध्यक्ष प्रचण्डले माओवादीलाई बदनाम गर्न यस्ता काम भइरहेको प्रष्ट पार्नु भयो।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment