Friday, February 15, 2008
निर्वाचन कार्यालयमा बम विष्फोट
१५ फेब्रुअरी, ०८। जिल्ला निर्वाचन कार्यालय वाँकेमा आज विहान वम विष्फोट भएको छ । विहान करिव पौने पाँचवजे भएको विष्फोटमा कार्यालयको कम्प्युटर, ढोका र झ्यालमा क्षति पुगेको छ ।कार्यालयको पछाडीपट्टीको गोदामवाट पसेर प्रेसर कुकर वम विष्फोट गराइएको हो । विष्फोटका वेला कार्यालय भित्र कर्मचारी सुतिरहेका थिए । यसैवीच विष्फोटको जिम्मा जनतान्त्रीक तराइ मुक्ति मोर्चा ज्वाला समुहले लिएको छ । निर्वाचन अधिकृतहरुको मध्यमाञ्चल स्तरीय भेला तथा प्रशिक्षण चलिरहेका वेला यो विष्फोट भएको हो । भेलामा सहभागी हुन प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल पनि नेपालगंजमै हुनुहुन्छ । भेला आजै सकिने छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment