Thursday, February 21, 2008

मन्त्री-क्वार्टरलाई पनि सधै“ बिजुली

काठमाडौं, फागुन ८ - दिनहु“ आठ घन्टाको लोडसेडिङले कलकारखाना, उद्यँेग व्यवसायदेखि र्सवसाधारणसम्म हैरान खेप्नुपरे पनि मन्त्री-क्वार्टरमा भने विद्युत् प्रँधिकरणले कहिल्यै ननिभ्ने बत्ती व्यवस्था गरेको छ ।र्
र्सवसाधारणको घरमा पालैपालो गेरर चौबीसै घन्टा विद्युत् आपर्ूर्ति कटौती हुन्छ । मन्त्री-क्वार्टरमा दर्ुइ, दर्ुइवटा 'फिडर' बाट बिजुली आपर्ूर्ति हुने हु“दा त्यहा“ लोडसेडिङ कहिल्यै नभएको हो ।
प्राधिकरणको ललितपुरस्थित पुलचोक वितरण केन्द्रका अनुसार मन्त्री-क्वार्टरमा पाटन र सानेपा गरी दर्ुइवटा फिडरमार्फत बिजुली आपर्ूर्ति गरिएको छ । 'पाटनको लाइन जा“दा सानेपाबाट आपर्ूर्ति हुन्छ, सानेपाको जा“दा पाटनको आउ“छ,' केन्द्रका एक इन्जिनियरले बुधबार कान्तिपुरसित भने- 'यस्तो प्रावधान व्यवस्थाले मन्त्री क्वार्टर सधैं झलझलाकार हुन्छ ।' लोडसेडिङ सञ्चालन गर्ने निकाय फिडर हो । फिडरलाई राष्ट्रिय प्रसारण लाइन -ग्रीड) ले सबस्टेसनमार्फत बिजुली आपर्ूर्ति गर्छ । मन्त्रीजस्तो नीति-निर्माण र कार्यान्वयन तहमा बसेकालाई लोडसेडिङ अनुभूति नभएसम्म मुलुकबाट अ“ध्यारो नहट्ने प्रँधिकरणका कर्मचारीको तर्क छ ।
'मन्त्री निवासमा पनि लोडसेडिङ नहुने हो भने उनीहरूलाई कहिल्यै अ“ध्यारो अनुभूति हु“दैन,' प्रँधिकरण केन्द्रीय कार्यालयका एक अधिकारीले कान्तिपुरसित भने- 'तिनलाई बोध गराउन मात्र होइन, जनताले भोगेको दुःखमा सहभागी गराउन पनि लाइन काट्नर्ैपर्छ ।'
केन्द्रका ती इन्जिनियरका अनुसार मन्त्री-क्वार्टरमा बिजुली आपर्ूर्ति अवरुद्ध नहुने गरी प्राधिकरणले लोडसेडिङको तालिका मिलाएको छ । 'पाटन र सानेपा फिडरमा एकैपटक लोडसेडिङ नहुने व्यवस्था छ,' उनले भने- 'मन्त्री निवासलाई सुरक्षित पार्न यस्तो तालिका मिलाइएको हो ।'
प्राधिकरणले नारायणहिटीस्थित राजदरबारलाई पनि यस्तै सुविधा दिएको छ । त्यहा“ पनि प्राधिकरणको प्रत्यक्ष लाइन र लैनचौर फिडरबाट बिजुली जान्छ । कुनै एक ठाउ“बाट बिजुली गएका बेला अर्काे फिडरबाट आउने भएकाले लोडसेडिङ कहिल्यै हु“दैन । केन्द्रका अनुसार एकजना मन्त्रीले आपmनो निवासमा मासिक औसत २ हजार युनिट बराबरको बिजुली खपत गर्छन् । ग्रामीण क्ष्ँेत्रको एउटा घरमा २० युनिट बिजुली खपत हु“दैन । सहरी क्ष्ँेत्रमा सामान्य परिवारले ५० युनिटसम्म खपत गर्छन् । मन्त्री-क्वार्टरमा यतिखेर २२ मन्त्री बस्छन् ।
हिटर, वातानुकूलित यन्त्र -एसी), 'राइस कुकर' जस्ता बिजुली धेरै खर्च हुने सामग्री अत्यधिक प्रयोग हुने गरेको केन्द्र स्रँेतले बतायो ।

No comments: