काठमाडौं, फागुन ९ - निर्वाचन आयोगले संविधानसभा चुनावका लागि समानुपातिकका निम्ति उम्मेदवारको बन्दसूची बुझाउने समय ४ दिन थपेको छ ।
सरकारको आग्रहअनुसार शान्ति प्रक्रिया र मुलुकको 'विशिष्ट परिस्थिति' लाई दृष्टिगत गरी आउ“दो आइतबार सूची बुझाउने व्यवस्था मिलाएको आयोगले जनाएको छ ।
आयोगका अनुसार आइतबार आयोगमा बिहान १० देखि ५ बजेसम्म इच्छुक दलले सूची बुझाउन सक्नेछन् । त्यसको भोलिपल्ट प्रत्यक्ष सिटका लागि जिल्ल्ाा जिल्लामा उम्मेदवारको मनोयन दर्ता गर्ने कार्यक्रम छ ।
आयोगको पर्ूवकार्यतालिका अनुसार बुधबारको बन्दसूची बुझाउने कार्यक्रममा मधेसमा आन्दोलनरत दलहरू सहभागी नभएपछि उनीहरूलाई चुनावमा ल्याउने प्रयासस्वरूप सरकारले आयोगलाई सूची बुझाउने समय थप्न पत्र पठाएको थियो ।
Friday, February 22, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment