Tuesday, February 5, 2008

यात्रुवाहक बस पल्टिँदा पाँचजनाको घटनास्थलमै मृत्यु

राजविराज, २२ माघ । सप्तरी जिल्लाको भारदह गाविसस्थित पुर्व पश्चिम महेन्द्र राजमार्गमा एउटा यात्रुवाहक बस पल्टिँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको छ । दुई दर्जनभन्दा बढी यात्रु बसमा चेपिएका छन् । बसमा यात्रा गर्ने सबै गम्भीर घाइते भएका छन् । सिरहाको माडरबाट विराटनगर्रतर्फ जाँदै गरेको ना.१ख ८९७० नम्बरको अर्याल ट्राभल्स बस भारदह गाविसमा पल्टिँदा उनीहरूको मृत्यु भएको भारदह प्रहरी चौकीले जनाएको छ । घटनामा मर्नेहरुको सनाखत हुन सकेको छैन भने घाइतेहरुको उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको सो चौकीका प्रहरी सहायक निरीक्षक भैरव माझीले बताउनुभयो । स्थानीय बासिन्दाले समेत उद्धार कार्यमा सहयोग पुर्‍याइरहेका छन् । बस दुर्घटनामा घाइते भएकाको अवस्था गम्भीर रहेको र मृतकको सङ्ख्या बढ्ने आशङ्का प्रहरीले गरेको छ ।

No comments: