Friday, February 15, 2008

'माग पूरा गर्न कोइराला तयार'

काठमाडौं, फागुन २ - प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले र्सार्वभौम गुम्ने विषय र संयुक्त राष्ट्रसंघको हस्तक्ष्ँेपबाहेक सबै माग पूरा गर्न तयार रहेको भारतीय कंग्रेसको उच्चस्तरीय प्रतिनिधि मण्डलस“ग बताएका छन् ।
तीन दिने नेपाल भ्रमणमा आएको भारतीय कंग्रेस -आई) को प्रतिनिधिमण्डलका संयोजक दिग्विजय सिंहका अनुसार कोइराला सबै समस्या समाधान गरी तोकिएको समयमा चुनाव गर्न प्रतिबद्घ छन् ।
'तर्राईका समस्यामा गिरिजाबाबु चिन्तित हुनुहुन्छ,' सिंहले स्वदेश र्फकनुअघि बिहीबार पत्रकार सम्मेलनमा भने- 'संयुक्त राष्ट्रसंघको हस्तक्षेप र र्सार्वभौमसत्ताबाहेक सबै विषयलाई समाधान गर्न उहा“ तयार हुनुहुन्छ ।'
बिहीबार बिहानै प्रमण्डलस“गको भेटपछि कोइरालाले पनि सबै समस्या चा“डै समाधान हुने संकेत दिएका छन् । 'सबै समाधान हुन्छ, प्रधानमन्त्रीले बोलेको कुरा हो,' उनले सञ्चारकर्मीस“ग भने ।
तर्राई-मधेस लोकतान्त्रिक पार्टर्ीी अध्यक्ष्ँ महन्थ ठाकुर कोइरालाका पुराना सहयोगी भएकाले समस्या समाधानमा कठिनाइ नहुने सम्भावना सिंहले व्यक्त गरे ।
प्रतिनिधिमण्डलले सरकारभित्र, बाहिर र मधेसमा आन्दोलनरत दलहरू पनि संविधानसभाको निर्वाचनप्रति प्रतिबद्घ रहेको पाएको जनाएको छ । सबै दलका नेताहरूले चुनाव तोकिएकै समयमा गर्ने प्रतिबद्घता जनाएको उल्लेख गर्दै सिंहले भने- 'संविधानसभाको चुनाव सबै दलले चाहेका छन्, हामीलाई विश्वास छ २८ मा संविधानसभाको चुनाव हुन्छ ।'
उनले चुनाव नभए त्यसले हानि नेपालीलाई हुने जनाउ“दै त्यसपछिको स्थिति कस्तो हुन्छ भन्ने अनुमान गर्न नसकिने बताए । मधेसीहरू अधिकारबाट वञ्चित छन् भन्नेमा सबै दलहरूले स्वीकार गरेकाले त्यहा“का समस्या समाधान हुनेमा विश्वस्त रहेको उनले उल्लेख गरे ।
भारतले नेपालको कुनै पनि मामिलामा हस्तक्षेप नगर्ने तर कुनै पनि विषयमा सहयोग आवश्यक परे असल मित्रका नाताले सघाउने प्रतिबद्घता सिंहको थियो । 'भारतले नेपालको कुनै मामिलामा हस्तक्षेप गर्दैन र गरेको पनि छैन,' उनले भने- 'आवश्यक परेको अवस्थामा नेपालको अनुरोधमा सहयोग भने गर्न तयार छ ।'
उनले तर्राईमा भइरहेको हिंसात्मक गतिविधिमा भारतीय सहयोग र हरेक मामिलामा हस्तक्ष्ँेप गर्ने गरेको भन्ने आरोपको खण्डन गरे । आफ्नो पार्टर्ीीदैव हिंसाविरुद्घ रहेको उल्लेख गर्दै उनले हिंसात्मक गतिविधिलाई कुनै हालतमा र्समर्थन नगर्ने धारणा राखे ।
उनले हिंसा छोडेर शान्तिपर्ूण्ा राजनीतिमा आएकामा माओवादीको प्रशंंसा पनि गरे । उनले मुलुकमा दर्ीघकालीन शान्ति स्थापनाका लागि सात दलको गठबन्धन बनेको र त्यो सही दिशातर्फअघि बढेको टिप्पणी गरे ।
माओवादी अध्यक्ष प्रचण्डस“गको भेटमा सात दलबीच भएका २३ बु“दे समझदारीको इमानदारीपर्ूव पालना गर्न आफूहरूले ध्यानाकर्षा गराएको जानकारी सिंहले दिए । वाईसीएलका गतिविध्रि्रति सचेत भई अघि बढ्न सुझाव दिएको उनले बताए ।
मंगलबार राजधानी आइपुगेको प्रतिनिधिमण्डलले कांग्रेस, एमाले, माओवादी, राप्रपा, जनशक्ति पार्टर्ीीमधेसी दलहरूलगायतका नेतास“ग छलफल गरेको थियो ।

No comments: