Saturday, February 23, 2008

तर्राई वार्ता अझै निष्कर्षीन

काठमाडौं, फागुन १० - सरकार र तर्राईमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच शुक्रबार भएको वार्ता निष्कर्षा पुग्न सकेन ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा मोर्चा प्रतिनिधिहरू एक मधेस एक प्रदेशको माग छाड्न तयार भएनन् । सरकारी वार्ताकारहरूले यस्तो घोषणा गर्ने अधिकार सरकार र आफूहरूस“ग नभएको उल्लेख गर्दै संविधानसभाबाटै यसको टुंगो लगाउनुपर्ने अडान राखेपछि वार्ता टुंगोमा पुग्न नसकेको हो ।
सरकारी वार्ताकारहरूले मोर्चाका अन्य पा“चवटा माग पूरा गर्न आफूहरू तयार रहेको दाबी गरेका छन् भने मोर्चाका नेताहरूले सरकारी पक्ष वार्तामा संवेदनशील नभएको आरोप लगाएका छन् । आफ्ना माग पूरा नभएको भन्दै मोर्चाले आन्दोलन जारी राख्ने बताएको छ ।
'पा“चवटा माग पूरा गर्न हामी सहमत भएका थियौं,' वार्तामा सहभागी एमाले स्थायी कमिटी सदस्य झलनाथ खनालले भने- 'उहा“हरूले एक मधेस एक प्रदेशको अडान छाड्नु भएन ।'
उनले वार्ताबाट समस्या समाधान गर्न मोर्चा उद्यत नदेखिएको दाबी गर्दै सहमतिका लागि अन्तिम प्रयास गर्ने बताए । 'कस्तो र कति प्रदेश बनाउने भन्ने निर्धारण संविधानसभाले गर्नेछ,' उनले भने- 'संविधानसभाले गर्ने निर्ण्र्ााअहिले नै गर्ने अधिकार कसैलाई नभएको कुरा अवगत गराएका छौं ।'
तर्राई मधेस लोकतान्त्रिक पार्टर्ीी हृदयेश त्रिपाठीले सरकार गृहकार्य बिना प्रस्तुत भएका कारण वार्ता निष्कर्षीन भएको आरोप लगाए । 'हामीले जति अनुमान गरेका थियौं, सरकार त्यति गम्भीर देखिएन,' उनले भने ।
वार्तामा संलग्न फोरमकी नेतृ रेणु यादवले भनिन्- 'आजको वार्तामा प्रधानमन्त्रीले संवेदनशीलता देखाएनन्, उनले माधव नेपालस“ग कुरा गर्न भने, केहीछिनको कुराकानीपछि निष्कर्षा पुग्न नसक्ने भएकाले हामी औचित्यहीन ठानेर बाहिर निस्कियौं ।' सरकारले वार्ता लम्ब्याउन खोजिरहेको दाबी गर्दै उनले संविधानसभापछि माग पूरा हुन्छ भनेर आलटाल गरिरहेको आरोप लगाइन् ।
सद्भावना पार्टर्ीी अध्यक्ष राजेन्द्र महतोले मधेसको माग पूरा गर्न आन्दोलनलाई अझ सशक्त बनाउनुको विकल्प नरहेको उल्लेख गर्दै आन्दोलन तीव्र हुने दाबी गरे ।
वार्तामा मोर्चातर्फाट तर्राई मधेस लोकतान्त्रिक पार्टर्ीी अध्यक्ष महन्थ ठाकुर, हृदयेश त्रिपाठी, रामचन्द्र राय, महेन्द्र राय र र्सर्वेन्द्रनाथ शुक्ला, मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव, रेणु यादव र सद्भावना पार्टर्ीीट अध्यक्ष राजेन्द्र महतो र अनिल झा सरिक थिए । सरकारी टोलीमा भने एमाले महासचिव माधव नेपाल, झलनाथ खनाल, महेश आचार्य, आमोद उपाध्याय र केहीपछि गृहमन्त्री कृष्णप्रसाद सिटौलासमेत पुगेका थिए ।
मोर्चाका ९ जना सा“झ ५ बजे बालुवाटार पुगेका थिए । स्रोतका अनुसार उनीहरू पुग्नासाथ अध्यक्षत्रय ठाकुर, यादव र महतोलाई प्रधानमन्त्री गिरिजाप्रसादले बोलाएर माधव नेपालस“ग कुरा गर्न आग्रह गरेका थिए ।
मोर्चाको वार्ता टोलीले ६ बु“दे मागका अतिरिक्त शान्तिपर्ूण्ा आन्दोलनमा रहेका मधेसीमाथि अविलम्ब बलप्रयोग बन्द गर्नुपर्ने गृहमन्त्री र माधव नेपाललाई बताएका थिए । उनीहरूले बलप्रयोग नरोकिए मुलुकले ठूलो दुष्परिणाम भोग्नुपर्ने चेतावनी दिए ।
मोर्चा सम्बद्घ तीनै दलका नेताहरूले शुक्रबार शान्तिनगरस्थित एक मधेसी नेताको निवासमा विशेष बैठक गरी एक मधेस एक प्रदेशको माग नछाड्ने निर्ण्र्ाागरेका थिए । आन्दोलनको समीक्षा गर्दै उनीहरूले संयुक्त राष्ट्रसंघीय बडापत्रअनुरूप आत्मनिर्ण्र्ााो अधिकार माग गरेका छन् ।
उनीहरूले संविधानसभा निर्वाचन ऐनमा संशोधन गरी मधेसको प्रतिनिधित्व २० प्रतिशतबाट कम्तीमा ३७ प्रतिशत बनाउन अडान राख्ने निर्ण्र्ाागरेका छन् । यसअघि उनीहरूले ५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका थिए ।ट्यांकर फिर्ता
तनह“ु, १० फागुन -कास)- पेट्रोलियम पदार्थको हाहाकार भएपछि गोरखाका यातायात व्यवसायीले बिहीबार बेलुकादेखि कब्जामा लिएको तेल ट्यांकर शुक्रबार सा“झ छाडेका छन् ।
व्यवसायीले बाराको अमलेखगन्जबाट १२ हजार लिटर डिजेल लिएर राजधानी जा“दै गरेको ना२ख ३६४४ नम्बरको ट्यांकर मुग्लिनबाट कब्जामा लिएका थिए ।
शव बाहन र एम्बुलेन्सलाई समेत तेलको अभाव भएपछि आयल निगमलाई दबाब दिन ट्यांकर कब्जा लिएको यातायात व्यवसायी संघ गोरखाका अध्यक्ष भाइचन्द्र श्रेष्ठले बताए ।
आयल निगम र गृह मन्त्रालयस“ग वार्ता गरी सट्टामा शुक्रबार सा“झ गोरखाका लागि त्यत्ति नै तेल पठाएपछि ट्यांकर फिर्ता पठाएको श्रेष्ठले बताए । 'गृह मन्त्रालयले कब्जामा लिएको ट्यांकरको तेल प्रयोग गर्न अनुमति दिए पनि आयल निगमले मानेको थिएन,' उनले भने- 'सट्टामा पठाउने भएपछि फिर्ता गरेका हौं ।'
कब्जामा लिएको ट्यांकरलाई शुक्रबार सा“झ प्रहरीले स्कर्टिङ गरी फिर्ता लगेको थियो । कब्जामा लि“दा नै ट्यांकरको नम्बर प्लेट कागजले छोपेपछि प्रहरीलाई समेत पत्ता लगाउन समस्या परेको थियो । 'प्रहरीले बिलबुक हेरेर मात्र नम्बर पत्ता लगाए,' उनले भने ।
तेल नहु“दा प्रहरी प्रशासनलाई समेत समस्या परेको थियो । व्यवसायीले ट्यांकर कब्जामा लिएपछि अन्य तेल ढुवानी कर्ताले कब्जामा रहेको ट्यांकर सुरक्षित फिर्ता नगरेसम्म थप ढुवानी नगर्ने चेतावनी दिएका थिए ।

No comments: