Wednesday, February 27, 2008
सिराहामा यात्रुबसमाथि बम प्रहार
२७ फेब्रुअरी, ०८ । गएराति प्रहरीको स्कटीङको सहयोगमा काठमाडौंबाट वेलटार जादै गरेको ना २ ख १२८ नम्बरको एक यात्रुवाहक बसमा जनतान्त्रिक तराई मुक्तीमोर्चा गोईत समूहले पेट्रोल बम प्रहार गरेको छ । बम प्रहारपछि आगजनी भएको बसका केही यात्रुहरू घाईते भएका छन् । गम्भिर घाईते भएका भोजपुर ताङसाका ३५ बर्षीय जिलमान राइ र उनकी २४ बर्षीय बहिनी सम्झना राइलाइ उपचारका लागि विपी कोईराला मेमोरियल अस्पताल धरान लगिएको छ । काठमाडौंबाट प्रहरीको स्कटीङमा पूर्बको वेलटार जादै गरेको सो बस सिराहाको गोलबजारमा पुगेपछि गोइत समूहका कार्यकर्ताले पेट्रोलबम हानेका थिए । पेट्रोलबम प्रहारबाट बस पूर्णरूपमा जलेर नष्ट भएको छ भने वेलटार हिडेका यात्रुहरू सिराहामा नै अलपत्र परेको बताईएको छ ।कर्फ़्यू लागेको समयमा आज मध्यरात १:३० बजे बसमा बम प्रहार गरिएको थियो । जिल्ला प्रशासन कार्यालयले बस स्कटिङ गर्नका लागी प्रत्येक राती ९ बजेदेखि बिहान ५ बजेसम्म राजमार्गमा कर्फ़्यू लगाउँदै आएको छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment