काठमाडौं, फागुन ११ - सरकारले सवारी साधनका महत्त्व र नम्बरका आधारमा तेल दिने भएको छ ।
मोटरसाइकल, ट्याक्सी, निजी गाडी, कालो प्लेटका बस/ट्रकका लागि सोमबारदेखि बेग्लाबेग्लै पम्पले पेट्रोल र डिजेल वितरण गर्ने आपर्ूर्ति सचिव पुरुषोत्तम ओझाले बताए ।
'जोर गते जोर र बिजोर गते बिजोर नम्बरका सवारीले पेट्रोलियम पाउनेछन्,' उनले भने ।
ओझाले लोडसेडिङमा इन्धन अभावले दैनिक काम ठप्प हुने अवस्थामा पुगेका सञ्चारमाध्यम, डेरी, विमानस्थल, प्राधिकरण, टेलिकम, एम्बुलेन्स, अस्पताल, कूटनीतिक नियोग, खानेपानीजस्ता निकायलाई आपर्ूर्ति गर्न बेग्लै पम्प तोक्ने निर्ण्र्ाामेत भएको बताए ।
ओझाकै अध्यक्ष्ँतामा शनिबार बसेको सबै सचिव र सरोकार- वालाको बैठकले वाणिज्य विभागका महानिर्देशक कैलाश बजिमयको संयोजकत्वमा तीन सदस्यीय
आपर्ूर्ति समिति गठन गरेको हो । उच्चस्तरीय समितिमा आयल निगमका निर्देशक मुकुन्द ढुंगेल र पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष शिवप्रसाद घिमिरे छन् ।
'कुन दिन, कुन सवारी साधनले कुन पम्पबाट कति इन्धन पाउ“छन् भनेर दैनिक सूचना निकालिने छ,' समितिका सदस्य घिमिरेले कान्तिपुरलाई भने । अब मोटरसाइकलले एकपल्टमा ५ सय, कारले १ हजार र ट्याक्सीले १५ सय रुपैया“को पेट्रोल पाउनेछन् । डिजेल भने ठूला सवारी साधनलाई १ हजार, भाडाका गाडीलाई २ हजार र लामो दूरीका बस/ट्रकलाई ३ हजार रुपैया“को दिइने छ ।
अत्यावश्यकीय सेवाका लागि इन्धन दिने पम्प बेग्लै हुनेछ । 'यो पम्पले भने भा“डामा समेत इन्धन दिनेछ,' घिमिरेले भने ।
वितरण भए/नभएको अनुगमन गर्न बेग्लै संयन्त्रसमेत तयार भएको छ । बजिमयको संयोजकत्वमा गठित अनुगमन समितिमा चेम्बर अफ कमर्स, डिलर्स एसोसिएसन, गृह मन्त्रालय, आयल निगमलगायतका प्रतिनिधि छन् ।
उपभोक्ता अधिकारवादीहरूले ढिलै भए पनि सरकारी निर्ण्र्ााआएको भन्दै स्वागत गरेका छन् । 'सरकार छ भन्ने अनुभूति दिलाउन पहिल्यैदेखि यो निर्ण्र्ाागर्न माग गरिरहेका थियौं,' उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानिया“ले भने- 'नारा र हल्लामात्र होइन अब यसको राम्रो कार्यान्वयन होस् भन्ने चाहन्छौं ।'
यसैबीच शनिबार वीरगन्जबाट पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन बोकेर १ सय १६ ट्यांकर राजधानीका लागि हि“डेका छन् । खाना पकाउने ग्यास बोकेका ४० बुलेट पनि काठमाडांै रवाना भइसकेको एक अधिकारीले बताए ।
Sunday, February 24, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment