Tuesday, February 26, 2008
शिक्षा कार्यालयमा अनिश्चितकालिन तालाबन्दी
२६ फेब्रुअरी, ०८ । बिभिन्न माग राखि बिगत लामो समयदेखि आन्दोलनरत नेपाल शिक्षक गणतान्त्रिक मञ्चले आजदेखि जिल्ला शिक्षा कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको छ । मञ्चले आज बिहान ९ बजेदेखि देशका ७५ वटै जिल्ला शिक्षा कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको हो ।आफ्ना मागहरुप्रति फेरि पनि बेवास्ता गरिए आगामी १९ गतेदेखि रत्नपार्कको शान्तिबाटिकामा अनिश्चितकालिन रिले अनशन बस्ने कार्यक्रम रहेको अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिका महासचिव दिनेश थापाले जानकारी दिनु भएको छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment