Wednesday, February 27, 2008
छुट्टाछुट्टै घटनामा ४ को ज्यान गयो
२७ फेब्रुअरी, ०८ । रुकुमको आठबीसकोट गाविस रारीजीउलामा गएराति आगलागी हुँदा एकैघरका तीन बालिकाको ज्यान गएको छ भने यता सुनसरीमा प्रहरीको गोली लागी एकको मृत्यु भएको छ । खरको छाना भएका तीनवटा घरमा आगो लाग्दा प्रेमबहादुर विकका छोरीहरु ९ बर्षिय चेतना विक, ६ बर्षिय सुशीला विक र ४ बर्षिय प्रमिला विकको ज्यान गएको हो । अचानक घरमा आगो सल्केपछि घरभित्र सुतिरहेका बालिकालाई बाहिर निकाल्न नसकीएपछि उनीहरुको ज्यान गएको बताईएको छ । आज बिहान कर्फ़्यू तोड्नेक्रममा प्रहरीले चलाएको गोली लागी सुनसरीको दुहबीमा ३५ बर्षिय विष्कुट मियाँको ज्यान गएको छ । मियाँलाई मधेशी जनाधिकार फोरम र वाईसिएलले आफ्नो कार्यकर्ता भएको दाबी गरेका छन् । कर्फ़्यू उल्लंघन गर्दै प्रदर्शनकारीहरु निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा प्रहरीसंगको झडपमा अन्य पाँच जना घाईते भएका छन् ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment