Tuesday, February 26, 2008
मैनबत्तीको उज्यालोमा उमेदवारी दर्ता
पोखरा, १३ फागुन/प्रत्यक्ष निर्वाचन प्रणाली अर्न्तर्गत सोमबार निर्वाचन कार्यालय पोखरामा ठुला राजनीतिक दलहरुले मैन बत्तीको उज्यालोमा उमेदवारी दर्ता गरेका छन् । दैनिक आठघण्टाको लोडसेडिङकोले अन्धकार बनेको नर्वाचन कार्यालयमा मैनबत्तीको उज्यालोमा ठुला दलले उमेदवारीको दर्ता गरेका हुन् । विहानैदेखि चहलपहल देखिएको पोखरा उपमहानगरपालिका राष्ट्रबैंक चोकस्थित निर्वाचन कार्यालयमा उमेदवारी दर्ता गराउन स्थानीय विकास मन्त्री देव गुरुङ बाजागाजासहित पुग्नुभएको थियो । मैनबत्तीको उज्यालोको सहयोगमा उहाँले उमेदवारी दर्ता गराउनुभएको थियो । उमेदवारी दर्तापछि उहाँले चुनावमा तर्राईबासीलाई पनि सहभागि गराउन माओवादीले् अधिकतम लचकता अपनाएको बताउनुभयो । कास्कीको क्षेत्र नं १बाट उमेदवारी दिनुभएका गुरुङले चुनावलाई राजनीतिक अन्दोलनको रुपमा लिएको बताउँदै तर्राईमा आन्दोलनरतलाई चुनावमा भाग लिन आहवान समेत गर्नुभयो । 'सघीय लोकतान्त्रिक गणतन्त्रण र राष्ट्रियताको विषयलाई लिएर चुनावमा माओवादी सहभागि भएको हो ।' उहाँले सञ्चारकर्मीसित भन्नुभयो-'चुनाव राजनीतिक आन्दोलन समेत हो ।'उहाँले चुनावमा बाम एकताको सम्भावना रहेको समेत उल्लेख गर्नुभयो । मन्त्री गुरुङले अहिलेको अवस्थामा बाम एकताको खाँचो रहेकोले बामएकताको अवधारणा अघि बढेको स्पष्ट पार्नुभयो । मन्त्री गुरुङले कास्की र मनाङबाट समेत उमेदवारी दिनुभएको छ । मनाङमा प्रतिनिध मुकरर गरेर उमेदवारी दिएको जानकारी दिनुभयो । राप्रपा कास्की, नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी, जनमोर्चा, नेपाल जनभावना पार्टी नेकपा संयु्क्त लगायतले उमेदवारी दर्ता गरेका थिए । एचआइभी र एड्ससँग सम्बन्धीत कम्युनिटी सर्पोटग्रुप पोखराका अध्यक्ष मनोज गुरुङले स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् । राज्य र सरकारले एचआइभी संक्रमितहरुको हकहितको निम्ति कुनै पहल नगरेको भन्दै उहाँल उमेदवारी दिएको स्पष्ट पार्नुभयो । कास्कीको चारै निर्वाचन क्षेत्रमा काग्रेसका तर्फाट क्रमश यज्ञबहादुर थापा, शारदा पौडेल, बृन्दा रानामगर र प्रकाशबहादुर गुरुङ छन् । एमालेको तर्फाट खगराज अधिकारी, गजकुमारी गुरुङ, रविन्द्र अधिकारी र सीता गिरी छन् । त्यस्तै माओवादीको तर्फाट स्थानीय बिकास मन्त्री देव गुरुङ, राजकाजी गुरुङ करण, झलकपाणी तिवारी र दुर्गा विक हुन् । राप्रपाको तर्फाट नन्दबहादुर गुरुङ, कमलमान गुरुङ, हरि प्रसाद बराल र पुर्णाखर सुनार छन् । सवै राजनीतिक दल उमेदवारी दर्ता गराउन दलबलसहित निर्वाचन कार्यालय पुगेका थिए ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment