Thursday, February 28, 2008

अपहरण गिरोहका दर्ुइ पक्राउ

काठमाडौं, फागुन १५ - धनी र प्रतिष्ठित व्यक्तिहरू अपहरण गरी रकम असुल्ने गिरोहका दर्ुइ जनालाई प्रहरीले पक्रेको छ । उनीहरूले ११ जनाबाट २ करोड ६९ लाख रुपैया“ फिरौती लिएको प्रहरीसमक्ष स्वीकारेका छन् ।
पक्राउ परेकामा अपहरणको योजनाकार ४१ वषर्ीय अमर टण्डन र नेपालमा त्यो योजना लागू गर्ने रामकुमार प्याकुरेल छन् । टण्डन जेलबाट फरार अपराधी र प्याकुरेल पर्ूवसैनिक प्रहरी हुन् । समूहका अन्य ७ व्यक्ति फरार छन् । नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलमा रेर्डकर्नर नोटिस जारी गरी खोजिएका टण्डनलाई भारतीय प्रहरीले मुर्म्बईको गोरे गाउ“बाट पक्राउ गरेको हो ।
नेपालमा अधिकांश अपहरणको घटनामा उनको संलग्नता देखिएपछि प्रहरीले रेर्डकर्नर नोटिस जारी गर्न इन्टरपोलमा पत्राचार गरेको थियो ।
पीडितहरूले छिट्टै सूचना नदिएकाले अभियुक्तहरूलाई पक्रन ढिलो भएको अनुसन्धान विभागका प्रमुख एआईजी केशव बरालले पत्रकार सम्मेलनमा बताए । रूपन्देहीको अमुवा-३ का टण्डन अपहरणका लागि मुर्म्बई बस्दै आएका थिए । त्यहींबाट बीकम उत्तर्ीण्ा टण्डन अंग्रेजी, हिन्दी, नेपालीसहित ८ भाषा बोल्छन् । उनी मुर्म्बईमा ११ मोबाइल प्रयोग गर्थे । नुवकोटको उर्लेनी-९ का र्‍याकुरेल भैरहवाको बुद्धचोक बस्थे । प्याकुरेल टण्डनको योजना कायान्वयन गर्थे । उनीबाट प्रहरीले ७ थान मोबाइल कार्ड बरामद गरेको छ । ती अभियुक्तले शिव सरावगीबाट १० लाख, गोविन्द भट्टर्राईबाट ४० लाख, महेश मुरारकाबाट ७७ लाख, सुमित शेरचनबाट ३० लाख, डा. आशुतोषबाट २५ लाख, पवन अग्रवालबाट २५ लाख, लक्ष्मी नारायणबाट ७ लाख, अनित्य गुरुङबाट २२ लाख ५० हजार लिएका थिए । त्यस्तै उमेश गर्गबाट ५ लाख ५० हजार, दिलीप अग्रवालबाट ७ लाख र नाम नखुलेको एक व्यक्तिबाट २० लाख गरी कुल २ करोड ६९ लाख लिएको उनीहरूले प्रहरीलाई बयान दिएका छन् ।
त्यसरी लिएकोमध्ये एक करोड २३ लाख ३० हजार आफूले लिएको र बा“की काम गर्ने सदस्यहरूलाई बा“डेको टण्डनले बताए । हुन्डीमार्फ मात्रै रकम लिने यो समूहले नेपालबाट पाउने रकम हङकङमा जम्मा गर्न लगाई सिंगापुर, दर्ुबई, बंैकक हु“दै भारतमा जम्मा गर्न लगाउ“थे ।
फिरौतीका लागि उनीहरूले भारतमा नक्कली कागजपत्र राखी लिएको एउटा टेलिफोन ००९१९९२०५९९७७६ प्रयोग गरेका थिए । अपहरणमा उपयोग गरिएको टेलिफोन नम्बरको पछिल्लो तीन नम्बर ७७६ स“ग जोडेर यो अनुसन्धानको नाम 'अप्रेसन ७७६' राखिएको थियो । अनुसन्धानका मुख्य अधिकृत एसपी देवेन्द्र सुवेदी हुन् ।
त्यसैगरी टीका अर्याल र एक डाक्टरका छोरालाई अपहरण गरेपछि सुरक्षाका कारण ३५ र १५ लाख नलिई छाडेको समेत उनीहरूले बताएका छन् । र्
इश्वरदत्त पाण्डेलाई कुराकानीकै क्रममा फिरौती नलिई छाडेको पनि उनीहरूले स्वीकारेका छन् ।
ती अभियुक्तले बयानमा दिएको जानकारीका आधारमा प्रहरीले तीन थान पेस्तोल र त्यसमा लाग्ने गोलीसमेत बरामद गरेको छ । उनीहरूले अपहरण प्रयोजनका
लागि बा३च ९३०६, बा३च
४३०६, बा३च ९३२५ सहितका पा“च गाडी र एउटा पल्सर मोटरसाइकल प्रयोगमा ल्याउने गरेको बताएका छन् ।
अपहरण गरेपछि राख्नका लागि उनीहरूले काठमाडांैमा दर्ुइ र रूपन्देही छपियामा एउटा घर भाडामा लिएका थिए । उनीहरूले काठमाडांैको बौद्ध, मैजुबहालमा १६ हजार र धुम्बाराही मन्डिखाटारमा १७ हजार तिरेर सिंगै घर भाडामा लिएका थिए ।
टण्डन जेलबाट फरार अपराधी हुन् । उनलाई लागू औषधका तीन मुद्दामा २२ वर्ष६ महिना कैद सजाय तोकिएको थियो । उनी लागू पदार्थसम्बन्धी मुद्दामा डिल्लीबजार स्थित सदरखोरमा रह“दा केही प्रहरी र कारागारका कर्मचारीको मिलोमतोमा टेकुको बेकरी क्याफेको शौचालयबाट भागेका थिए ।
बेकरीबाट भाग्नुअघि उनले सुन्धारास्थित पिपुल डेन्टल क्लिनिकबाट भाग्ने प्रयास गरे पनि त्यो योजना असफल भएको थियो । टण्डन र प्याकुरेलको चिनाजानी सदरखोरमै भएको थियो ।
विद्यमान कानुनअनुसार टण्डनलाई जेलबाट भागेको कसुरमा विगतमा ठहरिएकै सजायको दोब्बर र अपहरण तथा शरीर बन्धकको अभियोगमा फिरौती रकम बराबरको बिगो जरिवाना र ७ देखि १५ वर्षम्म कैद र थप ५० हजारदेखि २ लाखसम्म जरिवाना हुने व्यवस्था छ

No comments: