काठमाडौं, माघ २८ - विदेश जा“दै हुनुहुन्छ - खुसीको खबर । विमानस्थल जा“दा हातले लेखिएका हवाई टिकट बोक्ने दिन अब समाप्त भएको छ । इन्टरनेसनल एयर ट्रान्सपोर्टस् एसोसिएसन -आयटा) को निर्ण्र्ाानुसार सबै विमान कम्पनीले २०६५ जेठ १९ -जुन १) देखि विद्युतीय टिकट जारी गर्दै छन् ।
संसारभरका यात्रा सञ्चालहरूको छाता संगठन आयटाले जुन १ देखि अन्तर्रर्ााट्रय उडानका लागि कागजी टिकट स्किार नगर्ने निर्ण्र्ाागरेको हो । यसलाई पछ्याउ“दै राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले पनि इ-टिकेट जारी गर्ने घोषणा गरेको छ ।
तोकिएकै मितिदेखि इ-टिकेट जारी गर्न तयार छौं, निगमका कमर्स डाइरेक्टर राजु केसीले कान्तिपुरलाई भने । यसलाई चाहिने सफ्टवेयर र लेखा राख्ने प्रणालीको काम अन्तिम चरणमा पुगेको जानकारी उनले दिए ।
नेपालमा उडान गर्ने विदेशी कम्पनीले यसअघि प्रायः सबै सेक्टरमा यो व्यवस्था लागू गरिसकेका छन् ।
नेपालमा इ टिकेटिङ सुरु गर्नेमा कतार एयर पहिलो भएको छ । उसले गत अगस्ट १५ देखि यस्तो टिकट जारी गर्न थालेको हो । त्यसलाई पछ्याउ“दै गल्फ, इतिहाद, थाईले पनि नया“ सेवा दिन थालिसकेका छन् । विलिङ सेटलमेन्ट प्लान -बीएसपी) अनुसार ट्राभल एजेन्टहरूले रकम भुक्तानी गर्छन् ।
नेपालमा उडान गर्ने सबै अन्तर्रर्ााट्रय विमान कम्पनीहरूको छाता संगठन -बार्न) को अध्यक्षसमेत रहेका केसीले यसका लागि ट्राभल एजेन्ट्सहरू र विमानकम्पनीहरूबीच पनि समन्वय भइरहेको बताए ।
यसका लागि विमान कम्पनीहरूले विश्वव्यापी वितरण प्रणाली -जीडीएस) अबलम्बन गर्नेछन् । नेपालका विमान कम्पनीहरूले अबाकस, अमाडस र ग्यालिलियो प्रयोग गर्नेगरेका छन् । यो प्रणालीबाट आयटाका सदस्य ट्राभल एजेन्टले टिकट बुक गर्छन् ।
इ-टिकेट जारी गर्ने ट्राभल एजेन्टहरू भने आयटाको सदस्य भएको हुनै पर्छ । त्यसका लागि १० हजार अमेरिकी डलरको बैंक ग्यारेन्टी आवश्यक हुन्छ । ट्राभल एजेन्ट्हरूले बीएसपी अनुसार ३५ दिनको कारोबार रकम बैंक ग्यारेन्टी राख्नर्ुपर्छ । १५ दिनमा भुक्तानी गर्नुपर्छ ।
यति ठूलो रकम चाहिलने र इ-टिकेटिङले आफ्नो व्यवसाय बन्द हुने भन्दै साना ट्राभल एजेन्टहरूले भने केही समयदेखि यसको विरोध गरेका थिए । आयटा तर पछिल्लो समय आयटाको सदस्य बन्न चाहनेको संख्या बढिरहेको छ ।
इ-टिकट जारी गर्न विमानस्थलमा पनि बेग्लै प्रणाली क्युट -कमन युज्ड र्टर्मिनल एक्विप्मेन्ट) आवश्यक पर्छ । विमानस्थलले पनि यसको तयारी भइरहेको जानकारी दिएको छ । क्युटको तयारीका लागि नागरिक उड्डयन प्राधिकरणको टोली भारतको नया“ दिल्ली र बर्म्बई गएको थियो । उसले प्रतिवेदन दिएको जानकारी विमानस्थलका एक अधिकृतले दिए । त्यसै अनुरूप काम भइरहेको छ, उनले भने ।
आयटाले अनुसार यो प्रणाली सुरु भएपछि विमान कम्पनीहरूले प्रतिटिकट ९ अमेरिकी डलर बचत गर्ने दाबी गरेको छ । निगमका एउटा टिकटको लागत १ देखि २ डलर पर्ने गरेको छ ।
गतसातासम्म नेपालका ४३ वटा ट्राभल एजेन्टहरू आयटाको सदस्य भइसकेका छन् । सदस्यताका लागि आवेदन दिने कम्पनीको संख्या १९ छ । एकमहिना अघि यो संख्या क्रमशः ३७ र १३ मात्र थियो ।
इ-टिकेट के हो -
विमानस्थल जा“दा यात्रुले हातले लेखिएको हवाई टिकटको सट्टा एउटा कागजको स्लिप पाउ“छन् । जसमा जहाजको उडान नम्बर र समय तालिका लेखिएको हुन्छ । टिकट बुक गरेपछि तपाईंलाई यो स्लिप इमेलमा पनि आउ“छ । विमानस्थलमा त्यो देखाएपछि कम्प्युटरबाट बोडिङ पास पाउनु हुनेछ । जसको भरमा तपाईं जुनसुकै गन्तव्य पुग्न सक्नु
हुनेछ । विमानस्थल जा“दा टिकट बिर्सर्ेे भनेर चिन्ता नलिए हुन्छ । छेउको साइबर क्याफेमा गएर इमेलबाट प्रिन्ट गरेर पनि जान सकिन्छ ।
Tuesday, February 12, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment