सत्तारुढ सातदल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा विच आज वार्ता हुने भएको छ ।
अपराहान्न १ वजे प्रधानमन्त्रि निवास वालुवाटारमा वार्ता हुने मोर्चामा आवद्व तराई मधेस लोकतान्त्रिक पार्टिका अध्क्षय महन्त ठाकुरले जानकारी दिनुभयो । वार्ता अघि धारणा तय गर्ने मोर्चामा आवद्व तराईमधेश लोकतान्त्रिक पार्टि, मधेशी जनअधिकार फोरम र सदभावनाको प्रमुख नेताहरु विच आज विहान देखी राजधानीमा छलफल भईरहेको छ ।
ठाकुरका अनुसार सातदलिय वार्ता समिती र मोर्चाको वार्ता टोली विच छलफल भएपछी प्रधानमन्त्रि गिरीजाप्रसार कोइराला प्रसाद कोइराला र मोर्चाका शिर्ष नेताहरुविच अनौपचारीक परामर्श हुने छ । एक मधेश, एक प्रदेश लगायतका ६ बुँदे माग राख्दै मोर्चाले फाल्गुन १ गतेबाट तराईमा अनिश्चितकालीन आम हड्ताल थालेको हो ।
यस बिच मोर्चाले हिजो मधेश आन्दोलनको दमन तत्काल बन्द गर्नुपर्ने, आन्दोलनका क्रममा घाईते भएकाहरुलाई उपचारको व्यवस्था गर्नु पर्ने , पक्राउ परेका सबैलाई बिना सर्त मुक्त गर्नुपर्ने लगायतका सर्त अगाडी सारेको थियो । घाईतेहरु सवैलाई ग्रिहमन्त्रालयले सेवा, सुविधा उअपलब्धउपलब्ध गराउने निर्णय गरेपछि वार्ता हुन थालेको हो ।
Tuesday, February 19, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment