अवैध यौनकार्यमा संलग्न सैनिक अधिकृतलाई जिल्ला प्रहरी कार्यालय बाग्लुङले मंगलबार रंगेहात पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नेपाली सेनाको २३ नं. वाहिनीका सैनिक अधिकृत सेकेन्ड लेफ्टिनेन्ट शालिकराम अर्याल र गीता केसी हुन् । बानपा-३ स्थित गुठीको एउटा घरको कोठाबाट दिउ�सै रंगेहात पक्राउ परेका अर्याल पर्वत-७ पीपलटारीका र केसी पाला गाविस-१ की रहेको प्रहरीले जनाएको छ ।
उनीहरू दुवै विवाहित हुन् । सेकेन्ड लेफ्टिनेन्ट अर्याल एक छोरा र श्रीमतीसहित बानपा-२ को श्रीनगर टोलमा डेरा गरी बस्दै आएका छन् । पक्राउपछि उनीहरूको स्वास्थ्य-परीक्षण गरिएको छ । परीक्षणको रिपोर्ट बुझ्न खोज्दा अस्पतालका डा. बद्री रिजालले प्रहरीकेस भएकाले दिन नमिल्ने बताए । ज्रि्रकाको बयानमा अर्यालले आफ्नो नाम गोविन्द आचार्य भएको बताएका छन् ।
गीताका श्रीमान् हरि केसीले यौनसर्म्पर्क गरिरहेको अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । सैनिक अधिकृतलाई छुटाउने विषयमा २३ नं. वाहिनीका क्याप्टेन, प्रमुख जिल्ला अधिकारी र्सूयप्रसाद भण्डारी र प्रहरी नायब उपरीक्षक विनोदराज घिमिरेबीच जिल्ला प्रहरी कार्यालयमा राति ९:३० बजेसम्म छलफल भइरहेको थियो । सो छलफलमा मानवअधिकारकर्मी र सञ्चारकर्मीलाई प्रवेश-निषेध गरिएको थियो । वाहिनीका मेजरले अवैध यौनसर्म्पर्कमा संलग्न सेकेन्ड लेफ्टिनेन्ट अर्याललाई सैनिक ऐनअर्न्तर्गत कारबाही गर्ने भनी राति नै ब्यारेक लगेपछि छलफल टुंगिएको थियो ।
आफ्नी श्रीमतीलाई सैनिक अधिकृतले जर्बजस्ती करणी गरेकाले कानुनबमोजिम कारबाही गरी पाउ�m भनी जाहेरी दर्ता गर्न प्रहरी कार्यालयमा गएका श्रीमान् हरि केसीलाई सैनिक केस हो भनी प्रहरीले फिर्ता गरिदिएको छ । सेनाको केस भएकाले जाहेरी दर्ता नगरेको प्रहरी नायब उपरीक्षक विनोदराज घिमिरेले बताए ।
प्रहरीले जाहेरी नलिएर मानवअधिकारको उल्लंघन गरेको मानवअधिकारकर्मी राम शर्माले टिप्पणी गरे । शर्माले घटनाको तत्काल छानबिन गरी दोषीलाई न्यायको कठघरामा उभ्याउन माग गरे ।
जाहेरी दर्ता नगरेको भन्दै केसीका आफन्तले बुधबार जिल्ला प्रहरी कार्यालयमा धर्ना दिएका छन् । उनीहरूले प्रहरीविरुद्व नाराबाजी गरेका थिए । जाहेरीवाला र प्रनाउ घिमिरेबीच जाहेरी-दर्ताका विषयमा दिनभर नै छलफल चलेको थियो । प्रहरी कार्यालयमा सा�झ कानुन व्यवसायीको रोहबरमा श्रीमान् हरि र श्रीमती गीताबीच सम्बन्ध-विच्छेदको कागजपत्र गरी विवाद टुंगिएको प्रनाउ घिमिरेले जानकारी दिए ।
Thursday, February 14, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment