Friday, February 15, 2008

गण्डकी अञ्चलमा २५ हजार सिमकार्ड वितरण

पोखरा, ३ फागुन/नेपाल टेलिकम शाखा कार्यालय पोखराले गण्डकी अञ्चलभित्र शुक्रबारसम्म २५ हजार प्रिपेड मोवाइल सिमकार्ड वितरण गरेको छ । टेलिकमले पोखरामा मात्रै १७ हजार वितरण गरेको हो भने अन्य जिल्लामा ८ हजार वितरण गरेको जनाएको छ । टेलिकमले गत बैशाख १५ गते फाराम भरेका र्सवसाधारणलाई सोमबार र मंगलबार वितरण गरेको थियो भने अनलाइनबाट दर्ता गरेका उपभोक्तालाई भने बुधबार र बिहीबार वितरण गरेको हो । टेलिकमले शुक्रबार भने गत बैशाख १६ गते फारामबाट दर्ता गरेकाहरुलाई मात्रै वितरण गरेको जनाएको छ । 'बैशाख १६ गते अनलाइन बाहेक फारामबाट दर्ता गरेका र्सवसाधारणलाई शुक्रबार सिम वितरण गरियो ।' टेलिकम प्रमुख र्सुयनारायण मालाकारले भन्नुभयो । उहाँले फाराम भरेर प्रतिक्षामा बसेका ५७ सय ३८ जनालाई वितरण गरिने जानकारी दिनुभयो । मोवाइल वितरणसँगै गण्डकी अञ्चलमा प्रिपेड मोवाइल लिनेको संख्या झण्डै एक लाखको हाराहारीमा पुगेका छन् । टेलिकमले हिमालपारीका दुइ जिल्ला मनाङ र मुस्ताङमा पनि यही महिनादेखि सिमकार्ड वितरण गर्ने लक्ष्य लिएको छ । र्'र्सवसाधारणलाई सूचना र सञ्चारको पहुँच पुर्‍याउने योजना अनुरुप हिमाल पारी मोवाइल वितरण गर्ने कार्य गरिरहेका छौं ।' टेलिकम प्रमुख मालाकारले भन्नुभयो-'आवश्यक काम त्रि्र गतिमा भइरहेको छ ।' उहाँले मोवाइलको लागि विटिएस जडान कार्य भइरहेको जानकारी दिनुभयो । हिमाल पारीका जिल्लाहरुमा पनि मोवाइल वितरण गरिएपछि गण्डकी अञ्चलका सवै जिल्लामा मोवाइल सर्म्पर्कले जोड्ने छ । मोवाइलको सिम वितरणसँगै नेर्टवर्कको समस्या देखा परेको छ । थपिएका नयाँ मोवाइलका कारण नेटवर्किङ समस्याले उपभोक्तालाई सताएको छ । मोवाइल वितरणको तुलनामा टावरको क्षमता कम भएपछि समस्या उत्पन्न भएको हो । टेलिकमले नयाँ मोवाइल लाइन वितरणसँगै टावरको क्षमता समेत विस्तार गर्ने बताएको छ ।

No comments: