काठमाडौं, र्सवसाधारणको घरमा दैनिक आठ घन्टा लोडसेडिङ भए पनि नारायणहिटी राजदरबारमा चौबीसै घन्टा बिजुली टुट्दैन । र्सवसाधारणले आउ“दै नआएको बिजुलीको बिल बुझाउनु परे पनि दरबारले बिजुलीको बिल तिर्दैन ।
कुन ठाउ“मा कति घन्टा लोडसेडिङ गर्ने भन्ने चा“जोपा“जो मिलाउने विद्युत् प्रँधिकरणले दरबारलाई दुइ ठाउ“बाट बिजुली आपूर्ति गरेको छ । प्रँधिकरणको मध्यवितरण शाखाका एक इन्जिनियरका अनुसार लैनचौर र प्रँधिकरणको प्रत्यक्ष लाइन दरबारमा आपूर्ति छ ।
प्रँधिकरणले र्सवसाधारणको घरमा दैनिक दुइ समूह गरी चार-चार घन्टाका दरले लोडसेडिङ गर्दै आएको छ । बिहानदेखि मध्यरातसम्म चौबीसै घन्टा फरक-फरक समयमा बिजुली गइरहेको हुन्छ ।
उनका अनुसार लैनचौर फिडरबाट बत्ती काटिएका बेला रत्नपार्कबाट दरबारमा बिजुली आपूर्ति हुन्छ । त्यस्तै रत्नपार्कमा लोडसेडिङ भएका बखत लैनचौरबाट बिजुली जान्छ ।
त्यतिमात्र होइन दुवैतिरका लाइनमार्फत आपूर्ति अवरुद्ध भएका बखत प्रँधिकरणले दरबारमा स्वचालित जेनेरेटरको पनि व्यवस्था गरेको छ । दरबारभित्र ५ सय एमभीएको एउटा जेनेरेटर 'स्ट्यान्डबाई' राखिएको छ ।
'ग्रीडको बत्ती झ्याप्प जानासाथ स्वचालित मेसिनले बिजुली आपूर्ति गरिहाल्छ,' ती इन्जिनियरले बिहीबार कान्तिपुरसित भने- 'एक ठाउ“बाट काटेर पनि अर्का ठाउ“बाट निरन्तर आपूर्ति भइरहन्छ ।'
पञ्चायतकालदेखि नै दरबारमा बिजुली नजाने व्यवस्था गरेकाले अहिले केही परिवर्तन नभएको भार प्रेषण केन्द्रका अर्का एक इन्जिनियरले बताए । उनका अनुसार दरबारमा करिब ४ सय किलोवाट बिजुली खपत हुन्छ । यो बिजुली पहाडी तथा हिमाली जिल्लाका दुइ सदरमुकाममा खपत भएसरह हो ।
दरबारभित्रै ६ एमभीएको सवस्टेसन राखिएको छ । यस्तो सवस्टेसन सामान्य गार्हस्थ्य ग्राहकका लागि व्यवस्था हु“दैन । बिजुली आपूर्तिको गुणस्तर भरपर्दा बनाउन सवस्टेसनको व्यवस्था भएको हो । 'दरबारमा गएको बिजुली 'डेडिकेटेड' हो,' स्रँेतले भन्यो, 'यस्तो सुुविधा देशका महत्त्वपूर्ण र्सार्वजनिक अस्पतालले समेत पाएका छैनन् ।'
चौबीसै घन्टा बिजुली पाउने दरबारले महसुल भने तिर्ने गरेको छैन । मध्यशाखा स्रँेतका अनुसार दरबारले अघिल्लो वर्षकरिब साढे २ करोड रुपैया“ बराबरको बिजुलीको बिल तिरेको छैन ।
महसुल नतिर्ने ग्रँहकको घरमा लाइन काट्ने नीति प्रँधिकरणले लिए पनि दरबारको हकमा केही गर्न सकेको छैन । प्राधिकरणले दरबारजस्तै पैसा नतिर्ने ठूला-ठूला ग्राहकको घरमा लाइन काटेको छैन । प्रँधिकरणको विद्युत् बक्यौता झन्डै ३ अर्ब रुपैया“ छ ।
राजदरबारजस्तै लोडसेडिङ नहुने अर्का निकाय सरकारको केन्द्रीय सचिवालय सिंहदरबार हो । सिंहदरबारमा कहिल्यै विद्युत् आपूर्ति कटौती नहुने व्यवस्था प्रँधिकरणले गरेको छ । अनावश्यक बत्ती, हिटर र वातानुकूलित यन्त्र खपत गर्ने सिंहदरबार पनि हो । सिंहदरबारले प्रँधिकरणलाई बत्तीको पैसा तिर्दैन । सरकारी कार्यालयहरूको विद्युत् बक्यौता करिब १ अर्ब रुपैया“ छ ।
प्राधिकरणको भार प्रेषण केन्द्रका अनुसार देशको एकमात्र अन्तर्रर्ााट्रय विमानस्थलमा समेत लोडसेडिङ हुने गरेको छ । त्रिभुवन विमानस्थलमा सधैं विद्युत् आपूर्ति हुने गरी व्यवस्था छैन । त्यहा“ दुइवटा फिडर गए पनि लोडसेडिङ कायमै छ ।
Friday, February 15, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment