Sunday, February 17, 2008
कर्फ्युमा गोली चल्दा नेपालगंजमा एकको मृत्यु
१७ फेब्रुअरी, ०८ । नेपालगंजमा कफ्युका समयमा प्रहरी र संयुक्त मधेसी मोर्चाका कार्यकर्ताबीच भएको झड्पमा परि आज १ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा नेपालगंज १६ बेलासपुरका गुल्जार खां छन । उहांको नगरभवन नजिकै टाउकोमा गोली लागि मृत्यु भएको हो । झडपमा परि प्रहरी र मोर्चाका कार्यकर्ता गरी दर्जनौ घाईते भएका छन । घाईते हुनेमा सशस्त्र प्रहरीका डिएसपि बिक्रम हुमागाईसहित १५, जनपद प्रहरीका डिएसपि गोबिन्द दमाईसहित १९ घाईते छन । लोकतान्त्रिक मधेसी मार्चाको हड्तालका क्रममा स्थिति नियन्त्रण बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय बांकेले नेपालगंज नगरपालिका र आसपासका दश गाबिसमा कफ्यु आदेश जारी गरेको छ । दिउंसो २ बजेदेखि जारी गरिएको कफ्यु आदेश राति ९ बजेसम्म यथावत रहने भनिएकोमा प्रशाशनले अनिश्चितकालिन घोषणा गरेको छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment