Sunday, February 17, 2008
तनाबग्रस्त भक्तपुरको जनजीवन आज सामान्यतर्फ
१७ फेब्रुअरी, ०८ । दुई दिनदेखि तनाब ग्रस्त बनेको भक्तपुरको जनजीबन आज सामान्य बनेको छ ।अस्ति राती प्रहरीले चलाएको गोली लागी भत्तपुर नगरपालिका-७ का गंगाराम लागेजुको मृत्यु भएपछि हिजो थप तनाब उत्पन्न भएको थियो । मृतकका परिवारलाई १० लाख रुपैया क्षतिपुर्ती दिने सहमति भएपछि स्थिति सामान्य बनेको हो । प्रहरी र प्रदर्शनकारीबीच हिजो ठाउँ ठाउँमा झडप हुँदा भिडलाई तितरबितर गर्नका लागी प्रहरीले अश्रुग्यासको १२ भन्दा बढि सेल प्रयोग गरेको थियो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment