काठमाडौं, माघ २९ - नेपाल टेलिकमद्वारा सञ्चालित मोबाइल फोनको महसुल बुधबारबाट घटेको छ । दूरसञ्चार संस्थान कम्पनीमा परिणत भएको चौथो वर्षो अवसरमा बुधबारदेखि साविक महसुलमा झन्डै १५ प्रतिशतसम्म मोबाइलको शुल्क घट्नेछ ।
टेलिकमले बिहान आठ बजेदेखि बेलुकी आठ बजेसम्म पोस्टपेड मोबाइल प्रयोग गर्दाको महसुल १३ प्रतिशतले घटाएको छ । अबदेखि यो समयमा फोन गर्दा प्रतिमिनेट २ रुपैया“ ४० पैसा भाउ तोकिएको छ । साविकमा यो दर प्रतिमिनेट ३ रुपैया“ थियो । यो महसुल करबाहेक हो ।
कम्पनीका अनुसार बेलुकी आठ बजेदेखि बिहान आठ बजेसम्म पोस्टपेड मोबाइलको महसुल प्रतिमिनेट १ रुपैया“ लाग्नेछ । हाल यो दर १ रुपैया“ ५० पैसा थियो । यसैगरी शनिबार पूरै दिन पोस्डपेड मोबाइलको महसुल प्रतिमिनेट १ रुपैया“ तोकिएको छ ।
टेलिकमको प्रिपेड सेवा प्रयोगकर्ताले बिहान आठदेखि बेलुकी आठ बजेसम्म प्रतिमिनेट ३ रुपैया“ तिर्नु पर्नेछ । यसअघि यो महसुल ३ रुपैया“ २० पैसा थियो । बेलुकी आठदेखि बिहान आठसम्म र शनिबार पूरै दिनको महसुल प्रतिमिनेट ५० पैसा घर्टाई २ रुपैया“ निर्धारण गरिएको छ ।
टेलिकमले मोबाइल सेवाका रूपमा सञ्चालन गर्दै आएको सीडीएमए प्रिपेड -स्काई फोन) को महसुलमा पनि कमी ल्याएको छ । साविकमा बिहान आठदेखि बेलुकी आठसम्म प्रतिमिनेट तीन रुपैया“ महसुल लि“दै आएकोमा अबदेखि दर्ुइ रुपैया“ ७० पैसा लाग्नेछ । बेलुका आठदेखि बिहान आठसम्मको प्रतिमिनेट दर्ुइ रुपैया“ महसुललाई यथावत् राखिएको छ । शनिबार दिनभरसमेत यही दर कायम हुनेछ ।
आधारभूत टेलिफोन सेवा -पीएसटीएन) र सीडीएमए स्थीर सेवाको ५० किलोमिटरभन्दा पर फोन गर्दा आइतबारदेखि शुक्रबारसम्म विजनेस आवर -बिहान आठदेखि बेलुकी छ) प्रतिमिनेट ४ रुपैया“ महसुललाई ३ रुपैया“ ५० पैसा कायम गरिनेछ । नर्मल आवर -बिहान ६ देखि ८ र बेलुका ६ देखि ८) र सम्मको प्रतिमिनेट तीन रुपैया“बाट २ रुपैया ५० पैसा तोकिएको छ । यसैगरी राति १० देखि बिहान ६ सम्मको अफ आवरको प्रतिमिनेट २ रुपैया“लाई घटाएर १ रुपैया“ ५० पैसा कायम गरिएको छ ।
Wednesday, February 13, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment