Monday, February 11, 2008

आज सरस्वतीको पूजा आरधाना गरि मुलुकभर श्रीपञ्चमी मनाइंदै

११ फेब्रुअरी, ०८ । आज श्रीपञ्चमी अर्थात बसन्तपंचमी । देशभर बिद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइंदैछ । आफनो बिद्या निर्बिघ्न सम्पन्न होस भन्ने कामनासहित विहानैदेखि देशभरका सरस्बती मन्दिरहरुमा श्रद्धालु भक्तजनहरु भेला भएका छन । आज काठमाडौ उपत्यकाका स्वयम्भु, लेले र निल सरस्बतीमा सरश्वती पूजाको ठुलो मेला लाग्ने गर्दछ । यसदिन बिधार्थीहरु आफुले अध्ययनको लागी प्रयोग गर्ने कलम, कापी, किताब, मसी जस्ता सामग्रीहरुको पनि पूजा गर्ने गर्दछन ।बसन्त पंचमीकै अबसरमा आज दशौं पठनपाठन दिवस पनि मनाईदै छ ।

No comments: