Thursday, February 28, 2008
नवलपरासी परासी बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
परासी, १६ फागुन । जिल्ला प्रशासन कार्यालय नवलपरासीले आज बिहान १० बजेदेखि पुनः नवलपरासी परासी बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । प्रशासनले हिजो बिहान ८ बजेदेखि परासी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरेता पनि स्थानीयवासीको समस्यालाई ध्यानमा राखेर आज बिहान ५ देखि बिहान १० सम्म फुकुवा गरी पुनः बिहान १० बजेबाट अनिश्चितकालीन कर्फ्यु लगाएको हो । यसैबीच मङ्गलबार बेलुका बेलुका ५ बजेदेखि स्थानीय प्रशासनले नवलपरासी सुनवलदेखि बर्दघाट सडक र सो सडकको ५०० मिटर दाया बायाँ अर्को आदेश नभएसम्म सो क्षेत्रमा धर्ना जुलुस तथा राजमार्ग अवरुद्ध गर्न नपाइने गरी निषेधआज्ञा जारी गरिसकेको छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment