Wednesday, February 13, 2008

तराई बन्द, जनजीवन प्रभावित

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आजदेखि विभिन्न ६ बुँदे माग गर्दै मधेस बन्दको आहृवान गरेको छ । बिरगंजमा सवारी साधन चलेका छैनन् भने बजार बन्द छ । शिक्षण संस्थान पनि बन्द छन् । मोर्चाका कार्यकर्ताले ठाउँ ठाउँमा टायर बालेर सडकमा अवरोध खडा गरिरहेका छन् । बन्द सफल पार्न आह्वान गर्दै बिहानै मोर्चाका कार्यकर्ताले बिरगंजमा जुलुश निकालेका थिए । एक मधेश स्वायत्त प्रदेशलगायत ६ सुत्रीय माग पूरा हुनपर्ने बताउदै मोर्चाले आजदेखि अनिश्चितकालिन आमहडतालको आह्वान गरेको छ । सडकमा साना पदर्शन भए पनि बिरगंजमा प्रहरीको उपस्थिती बाक्लो देखिदैन । पत्रकार रवि दाहालका अनुसार, माइस्थानलगायत केही प्रमुख चोकहरुमा जनपद प्रहरी देखिन्छन् । सरकारी कार्यलय र बैंकहरु खुला छन् । तर, यातायात साधन नचलेका कारण त्यहाँ जनसाधारण देखिदैनन् ।

No comments: