संविधान सभा निर्वाचन होला या नहोला अहिले घर घरको बहसको विषय बनेको छ । धेरैमा आत्म विश्वास छ हुन्छ तर पुर्ण भने हैन । कारण हिजोका दिनमा राजनीतिक दलले देखाएका अस्थिर चरित्र । हिजो मंसिर ६ गते संविधान सभा चुनाव हुनेमा सबै नागरिक विश्वस्त बनेको बेलामा दलले धोका दिएर निर्वाचनको मिति सारे त्यो पनि अन्तिम समयमा आएर । त्यसैले चुनाव हुंदैन भन्ने जमातका विचमा कोही ब्यक्ति हुन्छ भनेर प्रतिवाद गरिरहेको सुनिन्छ तर अन्तिममा आएर ल बाजी राखौ न त भन्दा स्वभावीक रुपमा उ हच्किएको देखिन्छ । यसको संकेत हो नागरिकमा अझै विश्वास छैन यो चैत २८ मा संविधान सभा हुन्छ भनेर ।जेठमा गर्ने भनिएको संविधान सभा किन भएन कारण स्पष्ट देखिएको छैन । अगाडि आएको निर्वाचन आयोग हो । तर भित्रि खेलाडि यि सातै दल हुन । मंसिर ६ गतेको चुनाव सर्नुमा पहिलो कारण माओवादी नै हो । अनी अहिले कतै मधेसका कारण चुनाव नहुने त हैन आशंका सबैमा छ ।
कोही नेता शुरक्षाका लागि सेना परिचालन गर्छु भनेर भाषण ढोक्छन । अनी कोही हुन्न सेना परिचालनको आवश्यकता छैन भन्छन । सोमवार सम्पन्न नेपाली सेनाको पृतनापतिहरुको सम्मेलनमा प्रधानसेनापति रुक्माङ्गगत कटवालले सरकारले निर्देशन नदिएपनि तयार रहेर बस्न सेनाका अधिकृतहरुलाइ निर्देशन दिइसकेका छन । भनेपछि पहिलो विवाद सेना परिचालन गर्ने या नगर्ने भन्ने बुंदावाट शुृरु हुने देखिएको छ नै । यस्ता विवादले सात दलविच अझै एक सोच एक विचार छ भन्नेमा नागरिक विश्वस्त हुन सकेका छैनन ।
भित्ताभर अहिले नयां नारा रंगिएको छ- गणतान्त्रिक नेपालको प्रथम राष्ट्रपति प्रचण्डलाइ लालसलाम । बढो गजवको नारा छ यो । तर पहिला संविधान सभा चुनाव त हुनुपर्यो राष्ट्रपति को भन्ने प्रचारका लागि ।
अहिलेपनि दलहरु नागरिकको घर-घरमा चुनावको शन्देस बोकेर जान सकेका छैनन । नेपाली कांग्रेसका २ जना नेता शुसिल कोइराला र शेरबहादुर देउवा कालो झण्डा बम र ढुंगामुढाका विच तराइमा संविधान सभाको प्रचार गरेर हालै राजधानी भित्रिएका छन । तर अन्य दलका नेताहरु अझै न मधेस छिरेका छन न गाउं ।
कम से कम मंसिरमा केही चुनावको माहौल बनेको थियो नै । तर चैतका लागि अहिलेसम्म कुनै माहौल बन्न सकेको छैन । त्यसैले चुनाव होस भन्ने चाहना राख्नेहरु मनमा आशंका बोकेर भएपनि चुनाव हुन सक्दैन भन्नेहरुसित प्रतिवाद त गरिरहेका छन नै । तर ठोकेर भन्न सकिरहेका छैनन चैत २२८ मा चुनाव हुन्छ भनेर ।
Tuesday, February 12, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment