Monday, February 18, 2008

सगरमाथा प्रवेशद्वारमा बस

रामेछाप, फागुन ५ - जिल्लाको दर्ुगम ठोसेबाट सगरमाथा आधारशिविर जाने बाटामा पर्ने बाम्तीसम्म बुधबारदेखि बस सञ्चालनमा आएको छ ।
पहिलोपटक बस पुग्दा त्यहा“का बासिन्दा निकै हषिर्त थिए । उनीहरूले चालक र बसलाई फूलमालाले स्वागत गरे । जिरीबाट दर्ुइ दिन पैदल हि“डेर पुगिने यो ठाउ“मा यातायात सञ्चालन भएपछि त्यहा“का बासिन्दालाई सुविधा पुग्ने भएको छ ।

स्थानीयवासी अध्यक्ष छोङ्बा शर्ेपाले भने- र्'पर्यटक जिरीसम्म बसको यात्रापछि दर्ुइ दिन हि“डेर बाम्ती आइपुग्थे ।

यातायात सञ्चालन हुन थालेपछि बिरामीलाई उपचारका लागि लैजान सजिलो हुने गाउ“का विकास कार्कीले बताए । उनले भने- 'बिरामीलाई डोकामा बोकाएर जिरी लैजानुपथ्र्यो । धेरै समय लाग्ने भएकाले कतिपयलाई बचाउनै गाह्रो पथ्र्यो ।'

बाम्ती राजधानीबाट २ सय ३४ किलोमिटर पर्ूवमा पर्छ । जिरीलाई बाम्तीस“ग ४७ किलोमिटर कच्ची सडकले जोडेको छ । गाउ“लेले चन्दा संकलन गरेको २८ लाख रुपैया“ तथा जिविस र गाविसको अनुदानबाट सडक बनाइएको हो ।

अरनिको यातायात सेवा समितिको बा२ख २३४३ नम्बरको बसले पहिलो सेवा सञ्चालन गरेको हो । समितिले यस वर्षरामेछापमा बनाइएका विभिन्न सडकमा सेवा थालेको छ ।

रामेछापका ठोसे, चुचुरे, बाम्ती, कुमुकास्थली, गुम्देल ओखलढुंगाका खिजी, कार्तिक, रावादोलु, भुसिंगा र सोलुखुम्बुका उत्तरी भेगका बासिन्दाले अब यातायात सुविधा पाउनेछन् । बाम्तीबाट सोलुखुम्बुको सदरमुकाम सल्लेरी हि“डेर एक दिनमा पुगिन्छ ।

स्थानीय उत्पादनले बजार पाउने आशा राखेको गाउ“लेले बताए । यसअघि यो सडकमा व्यवसायीले ट्याक्टर सञ्चालन गर्दै आएका

थिए । बस सञ्चालनमा आएपछि ती साधन विस्थापित भएका छन् । सडक उपभोक्ता समितिले बाटो बिगार्ने भएकाले ट्याक्टर सञ्चालनमा रोक लगाएको छ ।

No comments: