Tuesday, February 26, 2008

ट्राफिक प्रहरीको टोपीमा श्रीपेच

काठमाडौं, फागुन १३ - सरकारले नौ महिनाअघि निशाना छाप परिवर्तन गरे पनि ट्राफिक प्रहरीको टोपीमा श्रीपेच अंकित पुरानै चिह्न छ । ट्राफिक प्रहरीको सेतो टोपीको दाया“तर्फश्रीपेच र खुकुरी क्रस अंकित चिह्न छ ।
'आफैंले झिक्न मिल्दैन के गर्ने -' एक ट्राफिक प्रहरीले भने- 'माथिको आदेश चाहिन्छ ।' लोकतन्त्र पर्ुनर्बहालीपछि सरकारले श्रीपेच अंकित छाप हर्टाई लालिगुरा“स र बीचमा नेपालको नक्सा भएको नया“ चिह्न कायम गरेको थियो ।
गृहमन्त्रालयका सचिव उमेश मैनालीले धेरै प्रहरीको परिवर्तन भइसकेको जनाए । भने- 'ट्राफिक प्रहरीको टोपीमा पुरानै निशाना चिह्न भएको मैले पनि सुनेको छु, बा“कीलाई तत्काल परिवर्तन गर्नेछौं ।'
ट्राफिक महाशाखा रामशाहपथस्थित प्रतीक्षालयमा रहेको श्रीपेच अंकित निशाना पनि हटाइएको छैन । महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक भीष्म प्रर्साईंले टोपीको टा“क फर्ेन हेडक्वाटरबाट टेन्डर आह्वान भइसकेको जनाए । 'अधिकृतहरू सबैको परिवर्तन भयो ।
सिपाइहरू धेरै भएकाले ढिला भएको हो,' उनले भने । परिवर्तका लागि पैसा निकासा भइसकेको उनले जनाए । ट्राफिकको टोपीमा मात्र होइन सिंहदरबारको मूल गेटमा पनि पुरानै चिह्न छ । 'म त्यो तत्काल भत्काएर नया“ चिह्न बनाउन आदेश दिन्छु,' गृहसचिव मैनालीले भने ।

No comments: