Sunday, February 24, 2008

एमाले - माओवादी कार्यकर्ताविच झडप, घाईते माओवादी कार्यकर्ताको मृत्यु

अर्घाखाँचीको नुवाकोट गाविसमा एमाले र माओवादीबीचको झडपमा घाइते भएका नेकपा माओवादीका कार्यकर्ता राजेन्द्र बञ्जाडेको आइतबार बिहान राजधानीमा मृत्यु भएको छ।
राजधानीस्थित नर्भिक अस्पतालमा उपचाररत माओवादीका विशेष एरिया इञ्चार्ज बञ्जाडेको आइतबार बिहान मृत्यु भएको हो । टाउकोमा गम्भीर चोट लागेका उनलाई थप उपचारका लागि शनिबार राजधानी ल्याइएको थियो ।
गत शुक्रबार भित्ते लेखनको विषयलाई लिएर एमाले र माओवादी कार्यकर्ताबीच झडप भएको थियो । झडपमा बञ्जाडेसहित ४ माओवादी कार्यकर्ता घाइते भएका थिए ।
घाइतेहरुमा काजीमान रायमाझी, कृष्णहरि भुसाल, नारायण खनाल, चुडामणि पौडेल, विष्णु ढुंगाना, पशुपति मरासिनी, सुमन मगर, अम्बिका केसीलगायत रहेका छन् ।

No comments: