Friday, February 22, 2008

मृगौला तस्करीमा संलग्नमध्येका पंकज झा पक्राउ

मृगौला तस्करीमा संलग्नमध्येका पंकज झा पक्राउ परेका छन् ।
उनलाई ९ फागुनको राति सप्तरीको वरैयापुरबाट सशस्त्र प्रहरी बलको टोलीले पक्राउ गरेको हो ।
मृगौला व्यापारमा संलग्नमध्यका अमितकुमार रावलाई प्रहरीले दुइ हप्ता अघि पक्राउ गरिसकेको छ । उनलाई भारत सरकारसमक्ष सुपुर्दगी गरिसकिएको छ । उनका सहयोगीमध्यका झाको गिरफ्तारीले मृगौला तस्करका गिरोहको गैरकानुनी कार्य थप उजागर हुने देखिन्छ ।
तास खेलिरहेको अवस्थामा पक्राउ परेका झालाई प्रहरीले राजविराजमा राखेको छ । उनलाई आजै काठमाडौं ल्याइने प्रहरी स्रोतले बताएको छ ।

No comments: